भर्खरै : Sorry, your browser does not support inline SVG.
रसुवागढी–तातोपानी बन्द भएपछि कोरला नाकामा बढ्यो चिनियाँ सामान र विद्युतीय गाडीको चाप | सुडान घोटालामा दोषी ठहर पूर्वआईजीपी राणाको रोकिएको पेन्सनबारे सर्वोच्चमा सुनुवाइ | विश्वसम्पदा सूचीमा समेट्ने तयारी : तिलौराकोट आसपास थप जग्गा अधिग्रहण गरिँदै | बाढीका कारण पढाइ प्रभावित भएपछि स्याफ्रुबेँसीका ५८ विद्यार्थी काठमाडौंमा व्यवस्थापन | पत्रकारमाथि गृहमन्त्री गुरुङको अभिव्यक्ति आपत्तिजनक भन्दै नागरिक अगुवाले मागे सार्वजनिक माफी | ग्यास आपूर्ति सहज रहेको उद्योगीको दाबी, बजारमा भने अभाव कायमै | राहदानी बनाउन सेवाग्राहीको चाप बढ्यो, तोकिएको मिति र समयमा मात्रै उपस्थित हुन विभागको आग्रह | फिलिपिन्समा डुंगामा भीषण आगलागी : ५ जनाको मृत्यु, ८७ जना बेपत्ता |

मुख्य बुँदा

भारत–चीन सहमतिप्रति कांग्रेसको आपत्ति

लिपुलेक, लिम्पियाधुरा, कालापानी नेपालकै भूमि दाबी

सीमा विवाद कूटनीतिक संवादबाट समाधान गर्नुपर्ने जोड

सरकारले पनि आफ्नो अडान दोहोर्‍यायो

काठमाण्डौ, २२ बैशाख । महाकाली नदीपूर्वको लिपुलेक नाका हुँदै कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने विषयमा भारत र चीनबीच भएको सहमतिप्रति प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ।

ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उक्त सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। कांग्रेस सहमहामन्त्री उदय शमशेर राणाका अनुसार नेपाल सरकारले पठाएको कूटनीतिक नोटलाई सकारात्मक रूपमा लिइएको छ।

कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र नेपालको अभिन्न भूभाग भएको विषयमा पार्टीको अडान स्पष्ट रहेको दोहोर्‍याएको छ। साथै सीमा विवादको समाधान कूटनीतिक संवादमार्फत गर्नुपर्नेमा जोड दिएको छ।

यसैबीच नेपाल सरकारले पनि कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि भएको अडान पुनः स्पष्ट पारेको छ। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले सीमा समस्या वार्ताबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

भारतले भने नेपालको दाबीलाई ऐतिहासिक प्रमाणमा आधारित नभएको भन्दै अस्वीकार गर्दै आएको छ। भारत–चीनबीच कैलाश मानसरोवर यात्राको तयारी अघि बढेपछि नेपालले दुवै देशलाई कूटनीतिक नोट पठाएर आफ्नो असहमति जनाएको हो।