भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

धनगढी,  १६ असार । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आइतबारदेखि लगातार भइरहेको भारी वर्षाका कारण डुबान र बाढीको जोखिम बढेको छ।

कञ्चनपुर, कैलाली, डोटी र डडेल्धुरा जिल्लामा विशेषगरी प्रभावित क्षेत्रहरूमा प्रशासन र सुरक्षाकर्मीहरू उच्च सतर्कताका साथ परिचालित भएका छन्। कञ्चनपुरको बेलौरी, कृष्णपुर र धनगढी क्षेत्रको निचोरो भू–भागहरूमा अत्यधिक वर्षाका कारण पानी जम्न थालेको छ।

खोलानदीको बहाव तीव्र भइरहेकोले तटीय बस्तीहरू जोखिममा परेका छन्। डोटी र डडेल्धुराको चुरे क्षेत्रबाट बग्ने खोला र नदीहरूमा पानीको मात्रा बढेको छ। यसबाट जोगबुढा, चम्पानगर, भुडार लगायतका बस्तीहरूमा बाढी पस्यो भने ठूलो क्षति हुन सक्ने स्थानीय प्रशासनको भनाइ छ।

सुरक्षाकर्मीहरूलाई नदी आसपास र डुबान हुन सक्ने क्षेत्रमा निरन्तर निगरानी गर्न खटाइएको छ। जिल्ला प्रशासन कार्यालयहरूले नदी किनार, खोला आसपास तथा जोखिमयुक्त स्थानहरूमा नजान आमनागरिकलाई अनुरोध गरेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार हालसम्म कुनै ठुलो मानवीय वा भौतिक क्षतिको विवरण नआएको भए पनि वर्षा निरन्तर रहेमा थप जोखिम उत्पन्न हुने भएकाले सतर्कता आवश्यक रहेको जनाइएको छ।

यसैबीच, जल तथा मौसम विज्ञान विभागले पनि सुदूरपश्चिमका पहाडी तथा तराई भू–भागहरूमा अझै केही समय वर्षा जारी रहने पूर्वानुमान गरेको छ। विभागले जोखिमयुक्त क्षेत्रका बासिन्दाहरूलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।