भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

काठमाडौं, १७ असार । देशभर मनसुन सक्रिय भएसँगै अधिकांश क्षेत्रमा वर्षा भइरहेको छ। पश्चिमका केही जिल्लामा बाढीको जोखिम बढेकाले सम्बन्धित क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा कास्की र लमजुङमा सबैभन्दा धेरै ६७ मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै, दाङ र सिन्धुपाल्चोकमा ४० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

बाढी पूर्वानुमान महाशाखाले बाँके, बर्दिया र कैलाली भएर बहने साना नदी तथा खोलामा जलसतह बढिरहेको जनाएको छ। नदी आसपास तथा डुबानको जोखिम रहेका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दिनभर सतर्क रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।

आज कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। यस्तै मधेश प्रदेश तथा बागमती प्रदेशका पहाडी क्षेत्रमा पनि केही स्थानमा ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज र भोलि देशका विभिन्न स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सम्भावित बाढी, पहिरो र डुबानबाट बच्न आवश्यक पूर्वतयारी गर्न तथा सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुन असार ५ गते पूर्वी नेपालबाट प्रवेश गरेको थियो। औसत मितिभन्दा ६ दिन ढिलो नेपाल भित्रिएको मनसुन देशभर फैलिन १२ दिन लागेको विभागले जनाएको छ।

सामान्यतया नेपाल प्रवेश गरेको करिब एक साताभित्र मनसुन देशभर फैलिने भए पनि यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा केही दिन स्थिर रहेकाले विस्तारमा ढिलाइ भएको विभागको भनाइ छ।

हाल पश्चिमी वायुको प्रभाव हट्दै गएको र देशभर मनसुनी प्रणाली पूर्ण रूपमा सक्रिय भएकाले आगामी केही दिनसम्म अधिकांश क्षेत्रमा वर्षा जारी रहने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

काठमाडौं, १६ असार । जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशभर मनसुनी गतिविधि थप सक्रिय हुने भन्दै विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले दुई दिनअघि नै विशेष बुलेटिन जारी गर्दै नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको थियो।

विभागका अनुसार मधेस, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षा हुने सम्भावना छ।

यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षा पनि हुन सक्ने पूर्वानुमान गरिएको छ। त्यस्तै, देशका पहाडी तथा तराई क्षेत्रका धेरै स्थान र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालतर्फ जलवाष्पयुक्त हावाको प्रवाह बढ्दै गएकाले मनसुन थप सक्रिय बनेको मौसमविद्को भनाइ छ।

विभागले भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबान, साथै ठूला तथा साना नदी–खोलामा पानीको सतह बढ्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

मौसमको प्रभावले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी किनारका निर्माण कार्य, सडक तथा हवाई यातायातसमेत प्रभावित हुन सक्ने विभागले जनाएको छ।

यसैबीच, जलवायुविज्ञ धर्मराज उप्रेतीका अनुसार मनसुनी प्रणाली अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशतर्फ बढी सक्रिय देखिएको छ। उनका अनुसार पश्चिम चुरे तथा तराई क्षेत्रमा चट्याङको गतिविधि बढी देखिएको छ।

उप्रेतीले कञ्चनपुरको हनुमाननगरमा पछिल्लो ६ घण्टामा १०९ मिलिमिटर वर्षा भएको जानकारी दिएका छन्।

लुम्बिनी प्रदेशको पश्चिमी क्षेत्रदेखि सुदूरपश्चिमसम्म आज राति र भोलि बिहानपख बढी वर्षा हुने सम्भावना रहेको उनले उल्लेख गरेका छन्। यद्यपि, मध्य मधेस क्षेत्रमा आगामी दुई दिन अत्यधिक वर्षाको सम्भावना नरहेको उनको भनाइ छ।

काठमाडौँ । देशभर मनसुन सक्रिय हुन थालेसँगै अधिकांश क्षेत्रमा वर्षा भएको छ। गएरातिदेखि आज बिहानसम्म सबै प्रदेशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा अहिले पनि वर्षा भइरहेको छ। वर्षासँगै केही दिनदेखि बढेको गर्मीबाट सर्वसाधारणले राहत महसुस गरेका छन्। महाशाखाका अनुसार आगामी केही दिन वर्षाको क्रम जारी रहने र तापक्रम पनि घट्ने सम्भावना छ।

महाशाखाले आज दिउँसोदेखि पर्सिसम्म देशका केही स्थानमा मुसलधारे वर्षा हुने पूर्वानुमान गरेको छ। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

त्यस्तै, तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ। कोशी र गण्डकी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। साथै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार भोलि र पर्सि पनि देशका विभिन्न स्थानमा मुसलधारे वर्षासँगै हावाहुरीको सम्भावना रहनेछ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन केही स्थानमा भारी तथा एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

काठमाडौं, १४ असार । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीनदेखि चार दिनभित्र देशभर मनसुन फैलिने सम्भावना रहेको जनाएको छ। हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही भाग तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनी वायु सक्रिय रहेको छ।

महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि आगामी केही दिनभित्र मनसुन विस्तार हुने सम्भावना छ। अहिले सुदूरपश्चिमको तराईमा मौसम मुख्यतया सफा रहे पनि देशका अधिकांश क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ। तराईका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने अनुमान गरिएको छ।

विशेषगरी कोशी प्रदेशका पहाडी र तराई क्षेत्रमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ।

आज राति पनि देशभर बदली रहनेछ। कोशी प्रदेशका धेरै स्थान तथा बागमती, गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ।

महाशाखाले कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाएको छ। साथै मधेस तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा हुरी चल्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।

काठमाडौँ, ९ असार । नेपालमा मनसुन सक्रिय भएसँगै प्रवेश भएका विभिन्न क्षेत्रमा गएराति उल्लेख्य वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशका लमजुङ, स्याङ्जा र कास्कीमा सबैभन्दा धेरै वर्षा मापन गरिएको छ।

विभागका सूचना अधिकारी दिनकर कायस्थका अनुसार कोशी, बागमती र मधेश प्रदेशका सबैजसो क्षेत्रमा तथा गण्डकीका अधिकांश र लुम्बिनीका केही भागमा मनसुन प्रवेश गरिसकेको छ। मनसुनी प्रणाली सक्रिय भएसँगै पूर्वदेखि गण्डकी प्रदेशसम्मका केही स्थानमा भारी वर्षा भएको उनले जानकारी दिए।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा ठूलो वर्षा हुन सक्ने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ।

हाल देशमा मनसुनी वायुसँगै पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव रहेकाले अधिकांश क्षेत्रमा बदली भएको मौसमविद्ले बताएका छन्। यस्तै, आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा तातो लहर (हिटवेभ) तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था रहने सम्भावना रहेको विभागले जनाएको छ।

काठमाडौं, ६ असार । नेपालमा कोशी प्रदेशबाट मनसुन प्रवेश गरेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रभाव देखिएको छ भने अन्य क्षेत्रमा स्थानीय र पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाका अनुसार कोशी प्रदेश तथा अन्य प्रदेशका हिमाली र पहाडी भू–भागमा सामान्य बदली रहेको छ भने तराईका धेरै क्षेत्रमा मौसम मुख्यतः सफा देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा भइरहेको पनि विभागले जनाएको छ।

आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा, साथै कोशी प्रदेशको तराई क्षेत्रमा समेत बादल लाग्ने सम्भावना छ। मधेस प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ।

विभागका अनुसार कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा, बागमती र गण्डकीका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ।

कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर र बागमती तथा गण्डकीका तराई क्षेत्रमा तातो दिन कायम रहने पूर्वानुमान गरिएको छ।

महाशाखाले कोशी र गण्डकी प्रदेशका पहाडी भू–भाग तथा कोशी प्रदेशको तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा समेत हुन सक्ने चेतावनी दिएको छ। राति पनि विभिन्न प्रदेशका पहाडी क्षेत्रमा बदली र वर्षा जारी रहने अनुमान गरिएको छ।

काठमाडाैं, २८ जेठ । आज देशका विभिन्न प्रदेशका केही स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ ।

त्यसैगरी राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा पनि ठूलो पानी पर्ने अनुमान गरिएको छ । साथै देशका विभिन्न प्रदेशका पहाडी र तराई भू–भागमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा हिमपातको सम्भावना पनि रहेको छ । मौसम विभागले भोलि र पर्सि पनि देशका केही स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

हाल देशभर वर्षा भइरहेसँगै गर्मी घट्दै गएको छ । हिजोसम्म सुदूरपश्चिम तराईमा तातो मौसम रहे पनि वर्षापछि तापक्रम घटेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अबका केही दिनमा नेपालको पूर्वी भागबाट मनसुन प्रवेश गर्ने सम्भावना रहेको छ ।

काठमाडौँ, २१ बैशाख । आज देशका केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा ठूलो वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानमा तथा राति लुम्बिनी प्रदेशका एक–दुई ठाउँमा भारी वर्षा हुने सम्भावना छ। देशका हिमाली, पहाडी र तराई क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।

गएराति गण्डकी प्रदेशदेखि पूर्वका अधिकांश क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको थियो। विशेषगरी गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा भएको महाशाखाको भनाइ छ। प्रिमनसुनको समयमा जुनसुकै बेला वर्षा, चट्याङ, हावाहुरी र असिना पर्न सक्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।