भर्खरै : Sorry, your browser does not support inline SVG.
गहुँको समर्थन मूल्य निर्धारण प्रस्ताव उद्योग मन्त्रालयमा, मन्त्रिपरिषद्ले अन्तिम निर्णय गर्ने | कम्बोडियाबाट २१ नेपालीको उद्धार, अनलाइन स्क्यामिङ केन्द्रबाट स्वदेश फिर्ता | आन्दोलनमा जलेका रातो मछिन्द्रनाथ रथका पाङ्ग्रा पुनः निर्माण सम्पन्न | समानुपातिक सांसद टुंगो र विधान संशोधनका लागि रास्वपा सचिवालय बैठक | दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो | अकबरे खुर्सानी रोप्नमा व्यस्त भोजपुरका किसान | प्राविधिक र वैज्ञानिक विधिबाट अनुसन्धान, पोलिग्राफीसहितको विज्ञ टोली सुर्खेत पुग्यो | डेडिकेटेड र ट्रङ्कलाइन महसुल विवाद:आयोगमा चैत १ गते सुनुवाइ हुने |

काठमाण्डौ, २२ पुष । मधेशी, थारु र मुस्लिम आयोगले सामाजिक सद्भाव बिथोलिने खालका कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेका छन् ।

ती आयोगले संयुक्त विज्ञप्ति जारी गर्दै सबै धार्मिक सम्प्रदायबीच आपसी सद्भाव, सहिष्णुता र मैत्री कायम गर्न अपिल गरेका हुन् ।विज्ञप्तिमा नेपाली समाज सदियौँदेखि आपसी सद्भाव, सहिष्णुता र एक–अर्काप्रति सम्मान कायम गर्दै विभिन्न जातजाति, भाषाभाषी, संस्कृति, धर्म तथा सम्प्रदायबीच मिलेर बस्दै आएको उल्लेख गरिएको छ ।

तर पछिल्लो समय तराई–मधेशका केही स्थानमा धार्मिक सहिष्णुतामा खलल पुग्ने गतिविधि देखिएको भन्दै त्यसप्रति आयोगहरूले गम्भीर ध्यानाकर्षण गराएका छन् ।

आयोगले समाजमा विद्यमान आपसी विश्वास, भाइचारा र सामाजिक एकतालाई कमजोर पार्ने कुनै पनि उक्साहटपूर्ण गतिविधिबाट टाढा रहन सबै धार्मिक समुदाय, राजनीतिक दल, नागरिक समाज र सञ्चार माध्यमलाई संयुक्त रूपमा आग्रह गरेका छन् । सामाजिक सद्भाव र शान्ति कायम गर्नु सबैको साझा दायित्व भएको आयोगहरूको भनाइ छ ।

काठमाडौं, ६ असाेज । बेलायत, अस्ट्रेलिया र क्यानडाले औपचारिक रूपमा प्यालेस्टाइनलाई एक राज्यको रूपमा मान्यता दिएका छन्। दशकौँदेखिको पश्चिमी विदेश नीतिमा आएको यो परिवर्तनलाई ऐतिहासिक कदमका रूपमा हेरिएको छ।

यस्तै, पोर्चुगलले पनि निकट भविष्यमा प्यालेस्टाइनलाई मान्यता दिने संकेत गरेको छ। सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणपछि सुरु भएको इजरायल–गाजा युद्धका कारण अन्तर्राष्ट्रिय दबाब बढ्दै गएपछि पश्चिमी मुलुकहरूको नीति परिवर्तन भएको विश्लेषण गरिएको छ।

हिजोको निर्णयसँगै यी तीन देश (बेलायत, अस्ट्रेलिया, क्यानडा) जी–७ समूहका पहिलो सदस्य बनेका छन् जसले औपचारिक रूपमा प्यालेस्टाइनलाई मान्यता दिएका हुन्। फ्रान्ससहित अरू मुलुकहरूले पनि संयुक्त राष्ट्रसंघको वार्षिक महासभामा भाग लिने क्रममा सो कदम पछ्याउने अपेक्षा गरिएको छ।

तर इजरायलको विदेश मन्त्रालयले भने यस निर्णयलाई अस्वीकार गर्दै, यो कदमले शान्तिलाई प्रोत्साहन नगर्ने बरु क्षेत्रलाई अझ अस्थिर बनाउने दाबी गरेको छ। मन्त्रालयका अनुसार यसले भविष्यमा हुने सम्भावित शान्तिपूर्ण समाधानको आधारलाई कमजोर बनाउन सक्छ।

वासिङ्टन डिसी, ८ असार । इरानका आणविक स्थलहरूमा अमेरिकी हवाई आक्रमणपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रलाई सम्बोधन गरेका छन्। उनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इजरायली सेनालाई धन्यवाद दिएका छन्।

ट्रम्पले सम्बोधनमा भने, “धेरै लक्ष्यहरू अझै प्रहार गर्न बाँकी छन्। अब इरानले शान्तिको बाटो रोज्नुपर्छ। यदि उनीहरूले त्यसो गरेनन् भने, भविष्यका आक्रमणहरू अझ ठूला र सजिला हुनेछन्।”

उनले इरानका आणविक स्थलहरू फोर्डो, नातान्ज र इस्फहानमा गरिएको आक्रमणलाई पूर्ण रूपमा सफल रहेको बताए र सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेखेका छन्, “सबै विमानहरू सुरक्षित रूपमा इरानी हवाई क्षेत्रबाट बाहिरिएका छन् र अमेरिका फर्किरहेका छन्। हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई छ। संसारमा अरू कुनै सेना यस्तो काम गर्न सक्दैनथ्यो।”

इरानमाथि आक्रमणपछि नेतान्याहूले पनि ट्रम्पको समर्थन गर्दै भने, “शक्ति मार्फत शान्ति आउँछ। पहिले शक्ति हुन्छ र त्यसपछि शान्ति।” ट्रम्पले चेतावनी दिएका छन् कि इरानले यदि शान्ति रोजेन भने, विगत आठ दिनमा देखेकोभन्दा धेरै ठूलो त्रासदी सामना गर्नेछ। उनले अब शान्तिको समय आएको भन्दै विश्वलाई शान्तिका लागि आह्वान गरेका छन्।

यता इरानी अधिकारीहरूले अमेरिकी वायुसेनाले इस्फहान, नटान्ज र फोर्डोमा रहेका तीन प्रमुख आणविक केन्द्रमाथि आक्रमण गरेको पुष्टि गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि यी केन्द्रहरूमा सफल आक्रमण गरेको बताएका थिए।

इस्फहानका उपगभर्नर अकबर सालेहीले इस्फहान र नटान्जका आणविक स्थल नजिकै आक्रमण भएको बताएका छन् भने, इरानको सरकारी मिडियाका उपराजनीतिक निर्देशक हसन अबेदिनीले टेलिभिजन प्रत्यक्ष प्रसारणमा यी स्थलहरू केही समयअघि खाली गरिएको जानकारी दिएका छन्।

अबेदिनीले भने, “ट्रम्पले भनेको सत्य भए पनि इरानले ठूलो क्षति भोग्नु भनेको छैन, किनभने त्यहाँका संवेदनशील सामग्री पहिल्यै निकालिएको थियो।”

यसैगरी, कुम क्षेत्रको संकट व्यवस्थापन केन्द्रका प्रवक्ताले फोर्डो आणविक स्थलको एक हिस्सामाथि केही घण्टाअघि हवाई रक्षा प्रणाली सक्रिय भएपछि आक्रमण भएको जानकारी दिएका छन्।

यस घटनापछि इरान र अमेरिका बीचको तनाव अझ बढ्ने अनुमान गरिएको छ।