भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

२४ घण्टाभित्र सवारी साधनको विवरण बुझाउन मन्त्रालयहरूलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

२४ घण्टाभित्र सवारी साधनको विवरण बुझाउन मन्त्रालयहरूलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सबै मन्त्रालयमा प्रयोग भइरहेका सवारी साधनहरूको विस्तृत विवरण माग गरेको छ।

सबै मन्त्रालयलाई सवारी साधनहरूको विवरण उपलब्ध गराउन कार्यालयले औपचारिक पत्र पठाएको हो। पत्रमा मन्त्रालय तथा अन्तर्गतका विभाग र कार्यालयहरूमा प्रयोग भइरहेका तथा मर्मत कार्य भइरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको सम्पूर्ण विवरण तयार पार्न भनिएको छ।

सचिवस्तरीय निर्णयअनुसार उक्त विवरण मिति बिहीबार कार्यालय समयभित्रै प्रधानमन्त्री कार्यालयमा प्राप्त हुने गरी पठाउन अनुरोध गरिएको उल्लेख छ। पत्रअनुसार सवारी साधनको ब्रान्ड, सवारी साधन नम्बर, गियर प्रणाली, प्रयोग हुने इन्धन (डिजेल, पेट्रोल वा विद्युतीय), प्रयोगकर्ताको नाम, पद तथा सवारी साधनको वर्तमान अवस्थासमेत स्पष्ट रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ।

सरकारी सवारी साधनहरूको प्रयोग, अवस्था र व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले यस्तो विवरण संकलन प्रक्रिया अघि बढाइएको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.