भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

२४ घण्टाभित्र सवारी साधनको विवरण बुझाउन मन्त्रालयहरूलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

२४ घण्टाभित्र सवारी साधनको विवरण बुझाउन मन्त्रालयहरूलाई प्रधानमन्त्री कार्यालयको निर्देशन

काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ले सबै मन्त्रालयमा प्रयोग भइरहेका सवारी साधनहरूको विस्तृत विवरण माग गरेको छ।

सबै मन्त्रालयलाई सवारी साधनहरूको विवरण उपलब्ध गराउन कार्यालयले औपचारिक पत्र पठाएको हो। पत्रमा मन्त्रालय तथा अन्तर्गतका विभाग र कार्यालयहरूमा प्रयोग भइरहेका तथा मर्मत कार्य भइरहेका दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनहरूको सम्पूर्ण विवरण तयार पार्न भनिएको छ।

सचिवस्तरीय निर्णयअनुसार उक्त विवरण मिति बिहीबार कार्यालय समयभित्रै प्रधानमन्त्री कार्यालयमा प्राप्त हुने गरी पठाउन अनुरोध गरिएको उल्लेख छ। पत्रअनुसार सवारी साधनको ब्रान्ड, सवारी साधन नम्बर, गियर प्रणाली, प्रयोग हुने इन्धन (डिजेल, पेट्रोल वा विद्युतीय), प्रयोगकर्ताको नाम, पद तथा सवारी साधनको वर्तमान अवस्थासमेत स्पष्ट रूपमा खुलाउनुपर्ने व्यवस्था गरिएको छ।

सरकारी सवारी साधनहरूको प्रयोग, अवस्था र व्यवस्थापनलाई व्यवस्थित बनाउने उद्देश्यले यस्तो विवरण संकलन प्रक्रिया अघि बढाइएको जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.