भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना, तराइमा मौसम सफा रहने

तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना, तराइमा मौसम सफा रहने

काठमाण्डौ, ३ बैशाख । मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश का एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने भए पनि तराईका अधिकांश क्षेत्रमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

यस्तै, आज रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.