भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना, तराइमा मौसम सफा रहने

तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना, तराइमा मौसम सफा रहने

काठमाण्डौ, ३ बैशाख । मौसम पूर्वानुमान महाशाखाले आज कोशी प्रदेश, बागमती प्रदेशगण्डकी प्रदेश का एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भू–भाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने भए पनि तराईका अधिकांश क्षेत्रमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ।

यस्तै, आज रातिको समयमा पनि कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक/दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

 


Thali Mobile Pvt.Ltd.