भर्खरै : Sorry, your browser does not support inline SVG.
बङ्गलादेशमा राजनीतिक हिंसा चर्कियो, आगजनी र बम विस्फोटका घटनापछि १२४ जना पक्राउ | पोखरामा प्यारापाइलट उत्पादन गर्ने पहिलो स्कुल सञ्चालनमा, १ करोड ५० लाख लगानी | भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता सुरु, ८४ विद्यालयका ३२ सयभन्दा बढी विद्यार्थी सहभागी | असोजमा महँगी ६.३७ प्रतिशत पुग्यो, घिउतेल र फलफूलको मूल्य सबैभन्दा धेरै बढ्यो | नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी बढुवा लिएको आरोपमा अनुसन्धान विभागका अधिकृतविरुद्ध मुद्दा | दुई महिनामा ८८७ व्यावसायिक फर्ममा अनुगमन, ७४ लाई कारबाही | असोजमा रेमिट्यान्सको ऐतिहासिक कीर्तिमान, एकै महिनामा भित्रियो २ खर्ब ६७ अर्ब | नेपाली सेनाको प्रवक्तामा सहायक रथी राजेन्द्र श्रेष्ठ नियुक्त |

अण्डमान सागरमा डुङ्गा पल्टिँदा करिब २५० रोहिङ्ग्या शरणार्थी बेपत्ता

अण्डमान सागरमा डुङ्गा पल्टिँदा करिब २५० रोहिङ्ग्या शरणार्थी बेपत्ता

मुख्य बुँदा

अण्डमान सागरमा शरणार्थी बोकेको डुङ्गा पल्टिँदा करिब २५० जना बेपत्ता भएका छन् ।

डुङ्गामा रोहिङ्ग्या शरणार्थी तथा बङ्गलादेशी नागरिक रहेका थिए ।

तीव्र हावा र अत्यधिक भारका कारण दुर्घटना भएको बताइएको छ ।

डुङ्गा बङ्गलादेशबाट मलेसियातर्फ जाँदै थियो ।

केही व्यक्तिको मात्र उद्धार गरिएको छ, उद्धार कार्य जारी छ ।

केहीलाई मानव तस्करीको आशङ्कामा नियन्त्रणमा लिइएको छ ।

काठमाडौँ, २ बैशाख । अण्डमान सागरमा शरणार्थी बोकेको डुङ्गा पल्टिँदा करिब २५० जना रोहिङ्ग्या शरणार्थी तथा बङ्गलादेशी नागरिक बेपत्ता भएका छन् ।

अण्डमान सागर म्यानमार, थाइल्यान्ड र मलेसिया प्रायद्वीपको पश्चिमी किनारसँग जोडिएको क्षेत्र हो । डुङ्गामा पुरुष, महिला तथा बालबालिका समेत सवार रहेको र तीव्र हावा तथा अत्यधिक भारका कारण डुङ्गा डुबेको राष्ट्रसंघलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

डुङ्गा दक्षिण बङ्गलादेशबाट मलेसियातर्फ जाँदै थियो । सन् २०१७ मा म्यानमारको सेनाद्वारा गरिएको दमन र जातीय सफायापछि ७ लाख ३० हजारभन्दा बढी रोहिङ्ग्या नागरिक आफ्नो घर छोड्न बाध्य भई शरणार्थी शिविरमा बसिरहेका छन् ।

तीमध्ये हजारौँले हरेक वर्ष जोखिमपूर्ण समुद्री यात्रा गर्दै अन्य देश पुग्ने प्रयास गर्ने गरेका छन् । यस घटनामा बङ्गलादेश कोस्ट गार्डले ६ दिनअघि अप्रिल ९ तारिखमा नौ जनालाई उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामध्ये एक महिलासहित केहीलाई मानव तस्करीमा संलग्न भएको आशङ्कामा नियन्त्रणमा लिइएको समाचारमा उल्लेख छ ।

एक जीवित उद्धार भएका व्यक्तिले चार दिनसम्म समुद्रमा यात्रा गरेपछि डुङ्गा पल्टिएको र आफूहरू ३६ घण्टासम्म समुद्रमा तैरिएर ज्यान जोगाउन सफल भएको बताएका छन् । उनका अनुसार अत्यधिक भीड र सास फेर्न कठिन भएपछि २५ देखि ३० जनाको मृत्यु यात्रा क्रममा नै भएको थियो । डुङ्गा दुर्घटनाको घटना ढिलो गरी सार्वजनिक भएको हो ।

 


Thali Mobile Pvt.Ltd.