भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

पाकिस्तानी सेना प्रमुख तेहरानमा, अमेरिका–इरान वार्ता पुनः सुरु हुने संकेत

पाकिस्तानी सेना प्रमुख तेहरानमा, अमेरिका–इरान वार्ता पुनः सुरु हुने संकेत

काठमाण्डौ, ३ बैशाख । अमेरिकाइरान बीच पछिल्लो समय असफल बनेको वार्तापछि फेरि संवाद शुरू हुन सक्ने संकेत देखिएको छ। असीम मुनीर नेतृत्वको पाकिस्तानी उच्चस्तरीय प्रतिनिधिमण्डल तेहरान पुगेको बीबीसी ले जनाएको छ। उक्त टोलीमा मोहसिन नक्वी पनि सहभागी हुनुहुन्छ।

इरान सरकारको आधिकारिक स्रोतले उक्त भ्रमणका तस्बिर सार्वजनिक गरेको छ। यो भ्रमणलाई अमेरिका–इरानबीच पुनः वार्ता गराउने प्रयासका रूपमा हेरिएको छ। यसअघि वार्ता निष्कर्षविहीन बनेपछि अहिले दुवै देशबीच पाकिस्तानी मध्यस्थतामार्फत सन्देश आदान–प्रदान भइरहेको इरानको भनाइ छ। डोनाल्ड ट्रम्प ले पनि हालैको अन्तर्वार्तामा इरानसँग फेरि वार्ता हुन सक्ने बताउनुभएको थियो।

उहाँले युद्ध अन्त्य नजिक पुगेको दाबी गरे पनि आवश्यक परे थप कारबाही हुन सक्ने संकेत पनि दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। हर्मुज जलमार्ग मा जहाज आवतजावतको विषय अझै अन्योलपूर्ण रहेको बताइएको छ।

पाकिस्तानको सक्रिय कूटनीतिक पहलबीच अमेरिका–इरान सम्बन्ध पुनः संवादतर्फ उन्मुख हुने संकेत देखिए पनि क्षेत्रीय तनाव भने अझै कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। दुई देशबीचको दुई हप्ते युद्धविरामको समय आउँदो हप्तासम्म कायम रहने जनाइएको छ।

 


Thali Mobile Pvt.Ltd.