भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक | मानव अधिकार आयोगको प्रतिवेदन पुनरावलोकन गर्न ओलीको माग, निर्णय सच्याउन निवेदन | ‘कर हटाउने होइन, विकल्प पनि देखाउनुस्’ : अर्थमन्त्री डा. स्वर्णिम वाग्ले | निर्माण व्यवसायीसँग प्रधानमन्त्रीको छलफल : समस्या समाधान र लगानी वातावरण सुधारमा सरकार प्रतिबद्ध | सरकारी खाता बन्द, अन्तिम दिन भुक्तानीको उच्च चाप | राहदानी विभाग अगाडि एक पुरुषको आत्मदाह प्रयास, वीर अस्पतालमा उपचार हुँदै | नक्कली भुटानी शरणार्थी काण्डमा टोपबहादुर रायमाझी र बालकृष्ण खाणसहित १५ जना दोषी ठहर |

डिजेल र मट्टितेलमा ३० रुपैयाँ वृद्धि, पेट्रोलको मूल्य यथावत

डिजेल र मट्टितेलमा ३० रुपैयाँ वृद्धि, पेट्रोलको मूल्य यथावत

काठमाडौं, ३ बैशाख । नेपाल आयल निगम ले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ। निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले मध्यरात अर्थात् वैशाख ३ गतेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको हो।

निगमले जारी गरेको विज्ञप्तिअनुसार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि गरिएको छ। यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ। पेट्रोलको मूल्य भने हाललाई यथावत् नै राखिएको निगमले जनाएको छ।

नयाँ मूल्य कायम भएपछि अब काठमाडौं, पोखरा र दिपायल (तेस्रो वर्ग) मा डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर २३७ रुपैयाँ पुगेको छ। यसअघि यी क्षेत्रमा प्रतिलिटर २०७ रुपैयाँ रहेको थियो। यस्तै, दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा प्रतिलिटर २३६ रुपैयाँ तथा पहिलो वर्ग अन्तर्गतका तराईका विभिन्न क्षेत्रहरू (विराटनगर, वीरगञ्ज, नेपालगञ्ज लगायत) मा प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा कायम गरिएको छ। हवाई इन्धन (आन्तरिकतर्फ) को नयाँ मूल्य प्रतिलिटर २५६ रुपैयाँ पुगेको छ।

मध्यपूर्वमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेकाले मूल्य समायोजन गर्नुपरेको निगमको भनाइ छ। इण्डियन आयल कर्पोरेसन बाट प्राप्त नयाँ खरिद मूल्य बमोजिम स्वचालित मूल्य प्रणालीअनुसार यो निर्णय गरिएको निगमले स्पष्ट पारेको छ।

मूल्यमा यति ठूलो वृद्धि गर्दा पनि निगम अझै घाटामा रहेको देखिएको छ। निगमका अनुसार यो समायोजन पश्चात् पनि डिजेलमा प्रतिलिटर ९९ रुपैयाँ १६ पैसा घाटा कायमै छ। अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिका कारण निगमलाई पाक्षिक रूपमा करिब ५ अर्ब ७५ करोड रुपैयाँ घाटा हुने प्रक्षेपण गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.