भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

 तेलङ्गाना, १७ असार । भारतको तेलङ्गानाको संगारेड्डी जिल्लामा अवस्थित सिगाची इन्डस्ट्रिजमा सोमबार बिहान ८:१५ देखि ९:३० बजेको बीचमा भएको रियाक्टर विस्फोटले कम्तीमा ३४ जनाको ज्यान लिएको छ। यस दुर्घटनामा ३० भन्दा बढी घाइते भएका छन् भने २४ जना अझै बेपत्ता छन्। प्रहरी र उद्धार टोलीले बेपत्ता सबैको खोजी कार्य जारी राखेका छन्।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार, विस्फोटपछि कारखानाबाट ३१ जनाको शव निकालिएको छ भने अस्पतालमा उपचारका क्रममा थप ३ जनाको मृत्यु भएको हो। यसबाहेक ५७ जना सुरक्षित रहेको जनाइएको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले यस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै, मृतकका परिवारलाई राहत दिने घोषणा गरेका छन्। उनले ट्विटरमार्फत भने, “तेलङ्गनाको संगारेड्डीमा भएको कारखाना आगलागीमा ज्यान गुमाउनुपरेकोमा म दुखी छु। हाम्रा समवेदनाहरू आफ्ना प्रियजन गुमाउनेहरूप्रति छन्। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु।”

प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतक परिवारलाई दुई लाख रुपैयाँ र घाइतेलाई पचास हजार रुपैयाँ राहत प्रदान गरिने जनाइएको छ। साथै, बिहार सरकारले पनि आफ्ना मृतक आश्रितलाई दुई लाख र घाइतेलाई पचास हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।