भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

काठमाडौं, २५ असार । लोकप्रिय देउडा शैलीमा आधारित नयाँ गीत “लाली पाउडर लाया जसी” सार्वजनिक भएको छ। गायक रोशन टमट्टा र गायिका संगीत बडुवालको आवाजमा सजिएको गीतले सुदूरपश्चिमको सांस्कृतिक लय र जीवनशैली झल्काउने भाव बोकेको छ।

गीतमा शब्द तथा संगीत स्वयं संगीत बडुवालले तयार गरेकी हुन् भने दीपक संगम बीसीले एरेन्ज, मिक्स र मास्टरिङ गरेका छन्। गीत मधुमाला स्टुडियोमा रेकर्ड गरिएको हो।

गीतको भिडियो पक्ष पनि उत्तिकै आकर्षक बनाइएको छ। भिडियोमा कलाकारहरू दीपक संगम बीसी, मिराज विक्रम सिंह, संगीता बडुवाल, हेमराज अधिकारी (खन्ट्या खलास), गणेश जीसी, र मीना बडुवालको अभिनय रहेको छ।

भिडियोको निर्देशन तथा नृत्य निर्देशन मिराज विक्रम सिंहले गरेका छन् भने छायांकन र रङ संयोजन अमित बीकेले गरेका छन्। सम्पादन राजेश बोहराको रहेको छ। 

शैली, लय र प्रस्तुति सबै दृष्टिकोणले उत्कृष्ट बनेको “लाली पाउडर ” गीतले विशेषगरी देउडा गीत रुचाउने दर्शक–स्रोतामाझ लोकप्रियता कमाउने अपेक्षा गरिएको छ। गीत अहिले युट्युबसहित विभिन्न डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिएको छ।