भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुर,७ असार । मस्तिष्क पक्षघातका कारण ह्वीलचेयरमै सीमित जीवन बिताइरहेकी भक्तपुरकी प्रिता बल्लले खुट्टाले मोबाइलमा टाइप गरी २४२ पृष्ठ लामो पुस्तक तयार गरेकी छन्। ‘अविचलित पाइला’ नामक उक्त पुस्तक अनुशिलन नेपाल, बालकोट भक्तपुरले प्रकाशन गरेको हो।

पुस्तक दुई खण्डमा विभाजित छ । पहिलो खण्डमा उनका लेख र दोस्रो खण्डमा लेखिका प्रिताको जीवनी समेटिएको छ। पुस्तकमा ९३ वटा फरक–फरक शीर्षकमा उनले आफ्ना अनुभव, भावनात्मक यात्रा र आत्मदर्शन समेटेकी छन्।

उनको लेखन पारिवारिक पृष्ठभूमिबाट सुरु भई विद्यालय, शिक्षकीय सम्बन्ध र व्यक्तिगत संघर्षसम्म फैलिएको छ। पुस्तकको मूल्य ७७७ रुपैयाँ राखिएको छ। प्रिताको लेखन यात्रा उनका पिताको विद्यालय सहपाठीहरूको सहयोगबाट पुस्तक प्रकाशनसम्म पुगेको हो।

प्रिता २०४८ सालमा जन्मेकी हुन्। उनी १० वर्षसम्म हिड्न सकिनन्। शारीरिक अपांगता हुँदाहुँदै पनि उनले अध्ययनको निरन्तरता कायम राख्दै एसईईदेखि स्नातक तहसम्म शिक्षा हासिल गरेकी छिन्। उनकी आमा रामेश्वरीका अनुसार प्रिताले खुटाको सहाराले मोबाइलमा दैनिक लेख्ने अभ्यास गर्दै यो पुस्तक तयार गरेकी हुन्।