भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भक्तपुर, ९ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता दोर्जे तामाङले संघीय निर्वाचन २०८२ अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीमा आदिवासी–जनजाति क्लस्टरबाट उम्मेदवारी दिएको घोषणा गरेका छन् । उनले सिन्धुपालचोक निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारीकाे घाेषणा गरेका हुन । 

२०८२ साल फागुन २१ गते हुन गइरहेको संघीय निर्वाचनका लागि पार्टीभित्र उम्मेदवार छनोटका विभिन्न परीक्षण चरणहरू पार गर्नुपर्ने व्यवस्था रहेको छ। सोही प्रक्रियाअन्तर्गत रास्वपाले प्रारम्भिक निर्वाचन प्रणाली सञ्चालन गर्न लागेको छ।

प्रारम्भिक निर्वाचन २०८२ साल पुस १२ गते बिहान ७ बजेदेखि पुस १३ गते बेलुका ७ बजेसम्म सञ्चालन हुने जानकारी दिइएको छ। उक्त निर्वाचनमा पार्टीका सदस्य तथा समर्थकहरूले भोटमार्फत उम्मेदवार छनोटमा सहभागिता जनाउनेछन्।

उम्मेदवार दोर्जे तामाङले प्रारम्भिक निर्वाचनमा आफूलाई मत दिई सहयोग गर्न पार्टीका सम्पूर्ण सदस्य तथा समर्थकहरूलाई हार्दिक अपिल समेत गरेका छन् । उनले शिक्षा, स्वास्थ्य, रोजगारी र डिजिटल शासन जस्ता क्षेत्रमा दीर्घकालीन सुधार गर्ने उद्देश्यसहित उम्मेदवारी दिएको बताए । 

तामाङले नयाँ राजनीतिक संस्कार, पारदर्शिता र परिणाममुखी नेतृत्वका लागि आफ्नो उम्मेदवारी महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । पार्टीभित्रको प्रारम्भिक निर्वाचनमार्फत योग्य र सक्षम प्रतिनिधि छनोट हुने उनको भनाइ छ।