भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको मर्म र भावना अनुसार सबैलाई इमान्दार र प्रभावकारी प्रयास गर्न आह्वान गर्नुभएको छ । संविधान दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले वर्तमान संविधानले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताउनुभयो ।

उहाँका अनुसार संविधानले प्रत्याभूत गरेका राज्यबाट प्राप्त हुने सेवा र सुविधामा सबै नागरिकको समान पहुँच स्थापित हुनुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिनु अनिवार्य छ । राष्ट्रपति पौडेलले सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट समुन्नत राष्ट्रको अग्रस्थानमा नेपाल छिट्टै पुग्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

यसै अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवले सङ्घीय प्रणालीमा जनविश्वास कायम राख्न अबका प्रयासहरू निर्णायक हुने उल्लेख गर्नुभयो ।

सभामुख देवराज घिमिरेले संविधानविरोधी गतिविधिलाई समयमा नै बुझ्न सके मात्रै संविधानको रक्षा र विधिको शासनको प्रवर्द्धन सम्भव हुने विश्वास व्यक्त गर्नुभयो । संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा विभिन्न दलका शीर्ष नेताहरूले पनि शुभकामना सन्देश व्यक्त गरेका छन् ।