भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

काठमाडौं, १८ साउन । संघीय संसदका दुई स्थायी समितिहरूको बैठक आज आइतबार बस्दैछ । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज छुट्टाछुट्टै बैठकमार्फत महत्त्वपूर्ण विषयमा छलफल गर्न लागेका हुन् ।

कृषि समितिले “केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८२” सम्बन्धमा सरोकारवालासँग परामर्श गर्ने कार्यसूची तय गरेको छ । छलफलमा भूमिहीन सुकुम्बासी, दलित र अव्यवस्थित बसोबासीका लागि जग्गा व्यवस्थापनबारे मन्त्रालयसँग आवश्यक विवरण लिने तयारी छ । मन्त्रालयले हालसम्म वितरण गरेका जग्गाको विवरण तथा आगामी वितरण योजनाबारे समितिलाई जानकारी दिनेछ ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आजको बैठकमा पुरातत्व विभागसँग ग्यालरी बैठकको पुरातात्विक सम्पदाको अवस्थाबारे छलफल गर्नेछ । बैठकमा महालक्ष्मीस्थान मन्दिर क्षेत्रमा निर्माण गरिएको व्यायामशालाको वैधानिकता, स्वयम्भू क्षेत्रको जग्गा व्यक्तिका नाममा दर्ता भएको विषय, ग्यालरी बैठकको पुनर्निर्माणको प्रगति, र निर्माणाधीन संघीय संसद् भवनको वर्तमान स्थितिबारे पनि बहस गरिनेछ ।

यी विषयमा सम्बन्धित मन्त्रालय र विभागका अधिकारीहरूलाई समितिमा बोलाइ आवश्यक स्पष्टीकरण लिइने जनाइएको छ ।