भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

 एजेन्सी। अमेरिकाको क्यालिफोर्निया राज्य अन्तर्गत लस एन्जल्समा आप्रवासीविरुद्ध गरिएको सरकारी कारबाहीका कारण सुरू भएको विरोध प्रदर्शन हिंसात्मक झडपमा परिणत भएको छ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा, राज्य सरकारको सहमतिबिनै संघीय सुरक्षा निकायहरूले आप्रवासीको खोजी र नियन्त्रणका लागि छापा मार्न थालेपछि हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका हुन्। यसै क्रममा ट्रम्पले २,००० भन्दा बढी राष्ट्रिय सुरक्षा गार्ड परिचालन गर्न आदेश दिएका थिए।

यस कदमको क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसम लगायत स्थानीय जनप्रतिनिधिहरूले कडा विरोध जनाएका छन्। उनीहरूले संघीय सरकारको हस्तक्षेपलाई राज्यको अधिकारमाथिको उल्लङ्घन तथा असंवैधानिक कार्यको रूपमा लिएका छन्। यसले राज्य र संघीय सरकारबीच कानुनी तथा संवैधानिक टकराव चर्किएको छ।

एजेन्सीहरूका अनुसार, संघ सरकारको निर्णयविरुद्ध लस एन्जल्समा भएको प्रदर्शनमा दर्जनौँ व्यक्ति घाइते भएका छन् भने ५० भन्दा बढी प्रदर्शनकारीहरू गिरफ्तार गरिएको जनाइएको छ।

राष्ट्रपति ट्रम्पले भने आफ्नो निर्णय संघीय कानूनको पालना गराउन बाध्य भएर गरिएको बताएका छन्। तर, क्यालिफोर्निया राज्य सरकारले संघीय कदमलाई प्रजातान्त्रिक मूल्य र संघीय संरचनाविरुद्धको आक्रमणको रूपमा व्याख्या गरेको छ।