भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

बागलुङ, ९ बैशाख । गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९ मा फैलिएको दादुरा संक्रमण नियन्त्रणमा आउन थालेको छ ।विश्व स्वास्थ्य सङ्गठन, प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले स¬ङ्क्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरी खोप अभियान चलाएको थियो ।

फागुन २९ गतेदेखि चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएपछि सङ्क्रमण नियन्त्रणम आउन थालेको हो । खोप लगाउनुभन्दा पूर्वदैनिक १० देखि १५ जना दादुराका शङ्कास्पद बिरामी अस्पतालमा आउने गरेकामा पछिल्लो आठ दिनपछि मङ्गलबार निसीखोला गाउँपालिकाको एक जना शङ्कास्पद बिरामी बुर्तिबाङ अस्पतालमा भर्ना भएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए । हालसम्म २३९ जना शङ्कास्पद बिरामी परेका थियो ।

तीस जना शङ्कास्पद बिरामीको नमूना परीक्षणका लागि काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा १४ जनामा दादुरा सङ्क्रमण पुष्टि भएको प्रमुख शर्माको भनाइ छ ।

हालसम्म छ हजार १४० जना १० देखि १९ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । हालसम्म एक जनाबाहेक सबै शङ्कास्पद बिरामी निको भइसकेको उनी बताउछन् । रासस