भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

काठमाडौँ। झूटो विवरण पेश गरी नागरिकता, राष्ट्रिय परिचयपत्र तथा राहदानी बनाएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–१७ घर भई हाल काठमाडौँ तारकेश्वर नगरपालिका–८ शान्तिटोल बस्ने ४३ वर्षीय यमबहादुर बस्नेत, झापा कचनकबल गाउँपालिका–३ घर भई हाल ललितपुर महानगरपालिका–१ इमाडोल बस्ने ५१ वर्षीय कृष्णबहादुर कटुवाल तथा झापा भद्रपुर नगरपालिका–९ घर भई हाल काठमाडौँ महानगरपालिका–३० ज्ञानेश्वर बस्ने ४१ वर्षीय सूर्यबहादुर खड्का रहेका छन्।

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार उनीहरूविरुद्ध नागरिकता कीर्ते, लिखत कीर्ते तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जनाएको छ।

काठमाडौं, २९ चैत । काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनबाट फरार भएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरिएको छ। उनलाई झापाको भद्रपुर विमानस्थल हुँदै काठमाडौँ ल्याउने प्रहरीको तयारी छ। प्रसाईँका समर्थकहरू काँकडभिट्टा नाकामा भेला भएर अवरोध गर्न सक्ने आकलनका आधारमा प्रहरीले नाका परिवर्तन गरेको हो । 

चैत १५ मा प्रसाईँको नेतृत्वमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले तीनकुनेमा प्रदर्शन गरेको थियो। पूर्वराजाको पक्षमा आयोजित उक्त प्रदर्शनमा नवराज सुवेदीको ‘राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ पनि सहभागी थियो। सुवेदीलाई गौरीघाटस्थित उनकै घरमा नजरबन्द गरिएको छ।

प्रदर्शनपछि फरार भएका प्रसाईँ भारत पुगेका थिए। त्यहाँबाट उनले सामाजिक सञ्जालमा दुईवटा भिडियो सन्देश जारी गर्दै आफू नेपालमै रहेको र ‘जोगिएर’ बसेको दाबी गरेका थिए। तर, प्रहरी स्रोतका अनुसार उनी आसाममा एक स्थानीय नेताको घरमा लुकेर बसेका थिए।

प्रहरीले प्रसाईँविरुद्ध राज्यविरुद्धको कसुर र सङ्गठित अपराधमा मुद्दा चलाउने तयारी गरेको छ।