भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

म्याग्दी, ११ असार । धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको छ। सङ्घीय सरकारको विशेष अनुदानमा धौलागिरि गाउँपालिकाले मुना गाउँको सरसफाइ र ढल व्यवस्थापनका लागि नाली ९पक्की नहर० निर्माण गरेको हो। मुनामा हाल धौलागिरि गाउँपालिकाको केन्द्र रहेको छ।

भिरालो पाखोमा गुजमुज्ज बाक्लो बस्ती रहेको मुनाका घरहरुबाट निस्कने फोहर पानी र बर्खा याममा बग्ने पानीको सुरक्षित तथा व्यवस्थित निकासका लागि पक्की नाला निर्माण गरिएको धौलागिरि–३ का वडाध्यक्ष देवेन्द्र रोकाले बताए।

‘बर्खामा पाखामा बग्ने पानीले गाउँलाई असुरक्षित र घरबाट निस्कने ढलका कारण फोहर व्यवस्थापनमा चुनौती थियो’, उनले भने ‘मुना गाउँलाई सफा र सुरक्षित बनाउने उद्देश्यले पक्की नाला निर्माण गरिएको हो।’

मुनामा करिब ३०० घरपरिवारको बसोबास रहेको छ। उक्त योजना निर्माणका लागि गत माघ २५ गते निर्माण कम्पनीले रु ६० लाख ७८ हजार ७४७ मा ठेक्का सम्झौता गरेको थियो।

योजनामार्फत ९८९ मिटर लामो पक्की नहर निर्माण भएको वडाध्यक्ष रोकाले जानकारी दिए। यही असार १५ गतेसम्म ठेक्काको म्याद रहेको योजना लक्ष्यअघिनै सम्पन्न भएको उनको भनाई थियो।

स्थानीयवासी नन्दप्रसाद पुनले पक्की नाला बनेपछि बस्ती सुरक्षित र सुन्दर भएको बताए। घरभित्र बाढी पस्ने र फोहर हुने समस्या हटेको अर्का स्थानीयवासी मुमबहादुर पुनको भनाई छ।

यस वर्ष धौलागिरि गाउँपालिकाको गुर्जाका साथै वडा नम्बर १ को गुर्जामा पनि ढल व्यवस्थापन योजना निर्माण भएको छ। गुर्जाखानी छन्त्याल बस्ती पूर्वाधार योजनामार्फत रु २२ लाख ९९ हजारको लागतमा २६० मिटर पक्की नाला निर्माण भएको छ।

गत वर्ष वडा नम्बर ४ मुदीमा ढल व्यवस्थापन आयोजना सञ्चालन भएको थियो। सङ्घीय विशेष अनुदानको बजेटबाट मुदीमा रु ३७ लाख ७७ हजारमा ठेक्का सम्झौता गरी ४०० मिटर पक्की नहर निर्माण भएको थियो।

आगामी वर्ष वडा नम्बर ७ ताकममा ढल व्यवस्थापनका लागि सङ्घीय सरकारबाट प्राप्त भएको रु एक करोड बजेट विनियोजन गरिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए। रासस