काठमाडौँ, १४ जेठ । सङ्घीय संसद्का दुवै सदनको बैठक बस्ने तयारी भएको छ । प्रतिनिधिसभा र राष्ट्रियसभामा विभिन्न विधेयक, प्रतिवेदन र आर्थिक सर्वेक्षण पेश गर्ने सम्भावित कार्यसूची तय भएको छ । तर, विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध गर्ने रणनीति कायम राखेका कारण बैठक सुचारु हुनेमा शङ्का छ।
प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे बस्ने तालिका छ। सङ्घीय संसद् सचिवालयले तयार गरेको सम्भावित कार्यसूचीमा निम्न बुँदाहरू समावेश छन्:
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयका अनुसार, विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामाको माग राख्दै संसद् अवरोध गर्ने तयारी गरेका छन्। मङ्गलबार पनि यही कारणले बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित भएको थियो।
राष्ट्रियसभाको बैठक अपराह्न १:१५ बजे बस्ने तालिका छ। सम्भावित कार्यसूचीमा निम्न बुँदाहरू समावेश छन्:
यता विपक्षी दलहरूले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरोधको रणनीति कायम राखेका छन् । यो अवरोधका कारण महत्वपूर्ण विधेयक र छलफल प्रभावित हुने सम्भावना छ । सङ्घीय संसद् सचिवालयले कार्यसूची तय गरे पनि बैठक सुचारु हुनेमा अनिश्चितता कायम छ ।
काठमाडौँ, १२ वैशाख । सङ्घीय संसद्को बजेट अधिवेशन बैशाख १२ गते दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुँदै छ। यो अधिवेशनमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुने छ।
सभामुख देवराज घिमिरेले बैठकको अध्यक्षता गर्दै निम्न कार्यसूची अघि बढाउने छन्:
प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक विषयमा सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन्। यसअघि:
कानुनी प्रावधानअनुसार बजेट प्रस्तुत हुनुभन्दा १५ दिनअगावै प्रि-बजेट छलफल सम्पन्न गर्नुपर्छ।
यो अधिवेशनमा सङ्घीय निजामती सेवा ऐन र विद्यालय शिक्षासम्बन्धी विधेयक पारित गर्ने सरकारको प्राथमिकता रहेको छ। यी विधेयकहरू लामो समयदेखि संसद्मा विचाराधीन छन्।
संसद्को हिउँदे अधिवेशन गत चैत १८ गते समाप्त भएको थियो। संविधानअनुसार राष्ट्रपतिले प्रत्येक वर्षको पहिलो अधिवेशनमा सङ्घीय संसद्को दुवै सदनलाई सम्बोधन गर्न सक्नेछन्। बजेट अधिवेशनलाई सरकारको नीति, कार्यक्रम र बजेटको मुख्य आधार मानिन्छ।
काठमाडौँ, २८ चैत । सङ्घीय संसद्अन्तर्गत आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ। पूर्वाधार विकास समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिले आ-आफ्ना कार्यसूचीसहित छलफल गर्न लागेका हुन्।
पूर्वाधार विकास समितिकाे बिहान ११ बजे बस्नेछ । यो समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि दफावार छलफल हुने कार्यसूची तय गरिएको छ। विद्युत्सम्बन्धी नीति र व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले यो विधेयकमाथि छलफल केन्द्रित हुनेछ।
त्यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समितिकाे बैठक बिहान १० बजे सुरु हुनेछ । यो समितिको बैठकमा दुईवटा प्रमुख एजेन्डा छन्। पहिलो, चालु आर्थिक वर्ष २०८१–०८२ को बजेट खर्चको स्थिति को समीक्षा र दोस्रो, आगामी आर्थिक वर्ष २०८२–०८३ को बजेट तयारी सम्बन्धमा छलफल। बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी सहभागी हुनेछन् ।
त्यस्तै विधायन व्यवस्थापन समितिकाे बिहान ११ बजे बैठक बस्नेछ । यो समितिको बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ। पानीजहाज सञ्चालन र व्यवस्थापनलाई व्यवस्थित गर्न यो विधेयक महत्वपूर्ण मानिएको छ।