भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

काठमाडौँ, ६ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार दिउँसो ३:३० बजे वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बस्दैछ । पार्टी सभापति रवि लामिछानेले बैठक आह्वान गरेका हुन् ।

पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिएअनुसार बैठकमा सांगठनिक सुदृढीकरण र महाधिवेशन तयारीलाई केन्द्रमा राख्दै ६ वटा मुख्य एजेन्डामा छलफल हुनेछ । विशेषगरी ‘जिल्ला अधिवेशन कार्यविधि २०८३’ माथि विस्तृत समीक्षा गरिनेछ भने महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनबारे निर्णय लिने तयारी छ ।

यस्तै, पार्टीको आर्थिक पारदर्शिता अभिवृद्धि गर्ने उद्देश्यले बैंक खाता सञ्चालन तथा वित्तीय व्यवस्थापनका विषयमा पनि छलफल हुने जनाइएको छ । संगठन विस्तारको क्रममा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभिन्न विभागहरूमा मनोनयन गर्ने विषय पनि बैठकको प्राथमिकतामा रहनेछ ।

यसपटक रास्वपाले नयाँ अभ्यासको रूपमा ‘विज्ञहरूको आह्वान’ र ‘योजनाहरूको आह्वान’लाई समेत मुख्य एजेन्डामा समेटेको छ । साथै प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी बाँडफाँट, आगामी केन्द्रीय समिति बैठकको तयारी, र संसदीय दलका लागि आवश्यक प्राविधिक सहयोग तथा लेवी व्यवस्थापनबारे पनि विस्तृत छलफल गरिने बताइएकाे छ ।