भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

काठमाडौं, १० मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय हेरफेर गर्ने तयारी सुरु गरेकी छन् ।

सचिवालयका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठ र अन्य सदस्यहरू विभिन्न विवादमा तानिएपछि प्रधानमन्त्रीले पुनर्गठनको निर्णय लिएको स्रोतले जनाएको छ । श्रेष्ठले केही दिनअघि आफ्नी श्रीमती र आफन्तलाई सचिवालयमा नियुक्ति गराएको प्रकरण बाहिरिएपछि कार्कीको नैतिकतामाथि प्रश्न उठेको थियो । साथै, श्रेष्ठमाथि सर्वोच्च अदालतमा कार्यरत रहँदा पेशी व्यवस्थापन र आर्थिक लेनदेनमा संलग्न भएको आरोप पनि रहेको छ ।

श्रेष्ठ प्रधानमन्त्रीको स्वकीय सचिव बन्नु अघि लामो समय सर्वोच्च अदालतको पेशी व्यवस्थापन शाखामा कार्यरत थिए । उनले प्रधानन्यायाधीशको सरकारी निवास बालुवाटारबाट पेशी तोक्ने कार्यमा समेत संलग्न थिए ।

स्रोतका अनुसार, विवाद बढेसँगै प्रधानमन्त्री कार्की सचिवालयको सदस्य फेरबदल र पुनर्गठनतर्फ सक्रिय भएकी छन्, जसले आगामी कार्यसम्पादनमा प्रभाव पार्ने अनुमान गरिएको छ ।