भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

काठमाडौं, १३ कात्तिक । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई कसैको दबाब वा प्रभावमा पदमुक्त गर्ने कुनै योजना नरहेकाे बताएकाे छ । 

प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “कसैलाई मन्त्री बनाउने वा हटाउने विषय प्रधानमन्त्रीज्यूको विशुद्ध अधिकारक्षेत्रभित्र पर्दछ । कसैको दबाब वा प्रभावमा यस्तो निर्णय हुन सक्दैन ।”

हालै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले गृहमन्त्री अर्याललाई हटाउन प्रधानमन्त्रीलाई दबाब दिएको समाचार बाहिरिएपछि सचिवालयले औपचारिक प्रतिक्रिया दिएको हो । श्रेष्ठका अनुसार, गृहमन्त्री अर्यालले असामान्य र संवेदनशील परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी बहन गर्दै आगामी निर्वाचनको तयारी, शान्ति – सुरक्षा कायम राख्ने कार्य र सुरक्षा निकायहरूको मनोबल उच्च राख्न सक्रिय भूमिका निभाइरहेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले वर्तमान राजनीतिक अवस्थालाई ध्यानमा राख्दै अफवाह नफैलाउन र अपुष्ट समाचारमा विश्वास नगर्न सबै पक्षलाई अनुरोध पनि गरेको छ ।