भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मुख्य बुँदा

मन्त्रालय संख्या २२ बाट घटाएर १८ कायम

२३ सचिवको पदस्थापन तथा हेरफेर

६ सचिव विभिन्न निकायमा सरुवा

६ सचिव अतिरिक्त समूहमा

विमानस्थल र आईटी समन्वयमा विशेष जिम्मेवारी

प्रशासनिक पुनर्संरचना लागू हुँदै

काठमाडौं, २६ जेठ । सरकारले मन्त्रालयको संख्या घटाएर पुनर्संरचना गरेसँगै सचिवहरूको जिम्मेवारी हेरफेर तथा सरुवा गरेको छ। सरकारले हालै स्वीकृत गरेको नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ अनुसार मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गरिएको हो।

सोही अनुसार प्रशासनिक संरचनामा समायोजन गर्दै कुल २३ जना सचिवको पदस्थापन तथा जिम्मेवारी हेरफेर गरिएको छ। दुई सचिव दरबन्दी भएका मन्त्रालयहरूमा एक मात्र कायम गरिएपछि सचिव व्यवस्थापनमा परिवर्तन गरिएको हो।

सरकारले विभिन्न निकायमा रहेका सचिवमध्ये छ जनालाई विभिन्न कार्यालय तथा निकायमा सरुवा गरेको छ।

नयाँ निर्णयअनुसार

सचिव भुपाल बराल गण्डकी प्रदेशमा, चन्द्रकला पौडेल उपराष्ट्रपति कार्यालयमा, प्रमिलादेवी बज्राचार्य विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्रालयमा, दिनानाथ मिश्र राष्ट्रिय सतर्कता केन्द्रमा, चीरञ्जिवी चटौत नेपाल ट्रष्टको कार्यालयमा, सरजुकुमार वैद्य जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएका छन्।

यसअघि अर्थ, ऊर्जा, जलस्रोत तथा सिँचाइ, उद्योग, कृषि, स्वास्थ्य, शिक्षा लगायतका मन्त्रालयहरूमा दुई–दुई जना सचिवको व्यवस्था थियो। मन्त्रालय संख्या घटेसँगै ती पदहरू पुनः मिलान गरिएको हो।

यसैबीच, छ जना सचिवलाई अतिरिक्त समूहमा राखिएको छ। अतिरिक्त समूहमा रहेका सचिवहरूमा लोकनाथ पौडेल, कृष्णहरि पुष्कर, हरिप्रसाद मैनाली, डा. गोविन्दप्रसाद शर्मा, डिल्लीराम शर्मा र डण्डुराज घिमिरे रहेका छन्।

सचिव डा. गोविन्दप्रसाद शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने विशेष जिम्मेवारी दिइएको छ। त्यस्तै अतिरिक्त समूहका एक सचिवलाई सूचना प्रविधि (आईटी) सम्बन्धी समन्वयको जिम्मेवारी दिने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

मकवानपुर, २९ साउन । बागमती प्रदेश सरकार अन्तर्गत विभिन्न मन्त्रालयका पाँच सचिवको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७२ सहसचिवको सरुवासँगै बागमती प्रदेशका पाँच सचिवको पनि स्थानान्तरण गरेको हो ।

संघीय मन्त्रिपरिषद्को निर्णयअनुसार साउन २६ मा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) वा सो सरहका कर्मचारीको सरुवा तथा पदस्थापन गरिएको थियो। यसअनुसार:

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव उदयबहादुर राना मगर प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन्। आर्थिक मामिला तथा कानुन मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली संघीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा भएका छन्।

सामाजिक विकास मन्त्रालयकी सचिव विनु बज्राचार्य गृह मन्त्रालयमा सरुवा भएकी छन्। भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा सरुवा भएका छन्।

खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयका सचिव मोहन शाक्य मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशमा सरुवा भएका छन्। यसैगरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्य चार सहसचिवलाई बागमती प्रदेशका सचिवको रूपमा सरुवा गरेका छन्।

जसमा पार्वती शर्मा (प्रधान कर प्रशासक, मध्यमस्तरीय करदाता कार्यालय काठमाडौं), बलराम ढकाल (युवा तथा खेलकुद मन्त्रालय लुम्बिनी), इन्द्रदेव भट्ट (मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली) र इश्वरचन्द्र मरहठ्ठा (भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली) रहेका छन्।