भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

सुर्खेत, ३० वैशाख । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले नेपालमा प्रेस स्वतन्त्रताको नाममा अराजकता र अनुशासनहीनता बढेको बताएका छन्। वीरेन्द्रनगरमा आयोजित युगआह्वानको रजत जयन्ती कार्यक्रममा बोल्दै उनले यसलाई नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको जनाए। ‘प्रेस स्वतन्त्रताको नाममा अराजकता बढेको छ, यसलाई नियमन गर्न आम सञ्चार विधेयक ल्याउने तयारीमा छौं,’ उनले भने। विधेयकको मस्यौदा तयार गर्ने प्रक्रिया भइरहेको उनको भनाइ छ।

मन्त्री गुरुङले नेपाली मिडियाले जातीय सद्भावमा खलल पुर्‍याउने र सकारात्मक कामलाई नकारात्मक रूपमा प्रस्तुत गर्ने गरेको आरोप लगाए। ‘अनलाइन मिडियालाई व्यवस्थित गर्नुपर्छ,’ उनले थपे। साथै, सामाजिक सञ्जालको दुरुपयोगले साइबर अपराध बढेको भन्दै ४० हजारभन्दा बढी उजुरी फेसबुकसँग जोडिएको दाबी गरे। उनले सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक जसरी पनि पारित गरिने प्रतिबद्धता व्यक्त गरे।

यद्यपि, पत्रकार समुदायले मन्त्रीको भनाइप्रति चासो राख्दै प्रेस स्वतन्त्रताको संरक्षणमा जोड दिएको छ। प्रेस स्वतन्त्रता लोकतन्त्रको मेरुदण्ड हो, नियमन आवश्यक छ तर त्यसले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नु नहुनेमा पत्रकार जगत छ । सरकारले मिडिया काउन्सिल विधेयकमा सरोकारवालासँग पर्याप्त छलफल नभएको र विधेयक फिर्ता लिई पुनरावलोकन गर्न पत्रकारहरूले बताइरहेका छन् । साथै, साइबर अपराध नियन्त्रणका लागि प्रविधिमा लगानी र सचेतना अभियानलाई प्राथमिकता दिन पत्रकारहरूकाे सुझाव छ ।