भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

हुम्ला, ८ असार । हुम्लाको चङ्खेली गाउँपालिकामा एक हप्तादेखि टेलिफोन सेवा अवरुद्ध भएको छ । टेलिफोन सेवा अवरुद्ध हुँदा त्यहाँका स्थानीयबासी सञ्चारसेवाबाट वञ्चित भएका छन् ।

चङ्खेली गाउँपालिका–६ मा रहेको मेल्छामको मासिधारामा रहेको टावर बिग्रेका कारण गएको असार १ गतेदेखि सञ्चार सेवा अवरुद्ध भएको स्थानीय हिराबहादुर शाहीले बताउनुभयो ।

टेलिफोन सेवा अवरुद्ध हुँदा मेल्छाम, मासिधारा, दार्मा, पुमालगायत गाउँका बासिन्दा सञ्चार सेवाबाट वञ्चित भएका छन् । यस्तै जिल्लाको तल्लो भेगमा रहेको अदानचुली गाउँपालिकामा टेलिफोनमा समस्या देखिएको छ ।

फोन नलाग्ने र फोन गर्न खोज्दा काटिने स्थानीयबासी कुसुम बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, ‘महिनादेखि टेलिफोनले काम गरिरहेको छैन, जिल्लाबाहिर रहेका आफन्तसँग फोनमा राम्रोसँग कुराकानी हुन पाएको छैन ।’ रासस