भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मुख्य बुँदा 

पत्रकारहरूले देश र जनताको पक्षमा निर्भीक रूपमा बोल्नुपर्ने

साँचो र सत्य नलेख्दा देश र जनताको अहित हुने चेतावनी

अध्यक्ष बिजुक्छेंको आफ्नै पत्रकारिता अनुभव साझा

इमानदार पत्रकारिताले समाज सुदृढ हुने भनाइ

विभिन्न सञ्चारकर्मीलाई सम्मान

भक्तपुर, २३ माघ । नेपाल मजदूर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छेंले पत्रकारहरूले देश र जनताको पक्षमा बोल्न र लेख्न हिच्किचाउन नहुने बताउनुभएको छ । भक्तपुरमा शुक्रबार आयोजित रफत सञ्चार क्लबको वार्षिकोत्सव कार्यक्रममा बोल्दै अध्यक्ष बिजुक्छेंले पत्रकारहरूले देशहितमा साँचो र सत्य कुरा निर्भीक रूपमा प्रस्तुत गर्नुपर्ने उल्लेख गर्नुभयो ।

उहाँले पत्रकारिता क्षेत्र आफ्नो कर्तव्यबाट च्युत भए देश र जनताको अहित हुने चेतावनी दिनुभयो । कार्यक्रममा अध्यक्ष बिजुक्छेंले कुनै समय आफू पनि पत्रकारितामा संलग्न रहेको स्मरण गर्दै रिपोर्टिङका क्रममा तत्कालीन समयमा प्रहरीको लाठीप्रहारसमेत सहनु परेको अनुभव सुनाउनुभयो ।

“पत्रकारहरूले साँचो कुरा बोल्न र लेख्न कहिल्यै पछि पर्न हुँदैन,” उहाँले भन्नुभयो, “यदि यो कर्तव्यप्रति च्युत भएमा देश र जनताको ठूलो अहित हुन जान्छ ।”

उहाँले पत्रकारहरूले इमानदारीपूर्वक कर्तव्य पूरा गरे समाज उत्साहित हुने र समाजलाई सुदृढ बनाउने भूमिका खेल्न सक्ने बताउनुभयो । साथै, पत्रकारहरू अध्ययनशील भएर अघि बढेमा समाजप्रतिको आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा पूरा गर्न सकिने उहाँको भनाइ थियो ।

अध्यक्ष बिजुक्छेंले पत्रकारहरूले रुसी क्रान्ति तथा दोस्रो विश्वयुद्धमा खसालिएको आणविक बमको असरसम्बन्धी यथार्थ अवस्था विश्वसमक्ष उजागर गरेर इतिहासमा महत्वपूर्ण भूमिका खेलेको उदाहरण पनि प्रस्तुत गर्नुभयो ।

कार्यक्रममा कैलाश खबर डटकमका पत्रकार विनोद विश्वकर्मा, राससकर्मी रत्न प्रजापतिलगायत विभिन्न सञ्चारकर्मीहरूलाई सम्मान गरिएको थियो । कार्यक्रममा व्यवसायीहरूलाइ पनि सम्मान गरिएकाे थियाे ।