भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मुख्य बुँदा

निर्वाचन आचारसंहिता सबै तह र क्षेत्रलाई लागू हुने प्रस्ताव

संघीय तथा प्रदेश सरकारका मन्त्री र पदाधिकारी समेटिए

कर्मचारी, सुरक्षा निकाय र सार्वजनिक संस्थामा पनि लागू

राजनीतिक दल, उम्मेदवार र निर्वाचन प्रतिनिधि दायरामा

सञ्चार माध्यम, शैक्षिक संस्था र मतदातासमेत समावेश

निजी क्षेत्रका बैंक, सहकारी र उद्योगलाई पनि आचारसंहिता

केही दिनभित्र सुझावसहित आचारसंहिता लागू हुने तयारी

काठमाण्डौ, ११ पुष । निर्वाचन आयोगले तयार पारेको र हाल परामर्शका क्रममा रहेको निर्वाचन आचारसंहिता संघीय सरकारका मन्त्रीहरूलाई पूर्ण रूपमा लागू हुने भएको छ।

यससँगै प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय तथा तिनका पदाधिकारी, संघीय तथा प्रदेश सरकारका निकाय र पदाधिकारीलाई पनि आचारसंहिता लागू हुने प्रस्ताव गरिएको छ।

आचारसंहिता पालिका प्रतिनिधि, संघ, प्रदेश तथा पालिका तहका कर्मचारी, सुरक्षा निकाय तथा सुरक्षाकर्मी, साथै सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्थाका कार्यालय र कर्मचारीहरूलाई पनि लाग्नेछ।

राजनीतिक दल तथा तिनका भातृ संगठन, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, राजनीतिक दल तथा उम्मेदवारका निर्वाचन प्रतिनिधि, मतदान प्रतिनिधि र मतगणना प्रतिनिधिलाई समेत आचारसंहिता लागू हुने व्यवस्था गरिएको छ।

त्यसैगरी सार्वजनिक पद धारण गरेका व्यक्ति, अनुगमन समितिका पदाधिकारी तथा अनुगमनकर्ता, पर्यवेक्षण संस्था तथा पर्यवेक्षक, सञ्चार प्रतिष्ठान, तिनका पदाधिकारी तथा कर्मचारी, विद्यालय, महाविद्यालय र विश्वविद्यालय, शिक्षक तथा कर्मचारीलाई पनि आचारसंहिता लागू हुनेछ।

मतदाता, विकास साझेदार संस्था, सरकारी तथा अर्धसरकारी निकायबाट सञ्चालित परियोजना तथा त्यहाँ कार्यरत कर्मचारी, मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था तथा कर्मचारी पनि आचारसंहिताको दायरामा पर्नेछन्।

निजी क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था, सहकारी संस्था, व्यापारिक तथा औद्योगिक क्षेत्र, तिनका पदाधिकारी, कर्मचारी तथा कामदार, वस्तु तथा सेवा प्रदायक व्यावसायिक संस्थाका पदाधिकारी तथा कर्मचारीलाई पनि आचारसंहिता लाग्ने व्यवस्था गरिएको छ। निर्वाचन आयोगले प्रस्ताव गरेको आचारसंहिता आवश्यक सुझाव र सल्लाह समेट्दै केही दिनभित्रै लागू गर्ने जनाएको छ।