भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

मुख्य बुँदा

सर्वोच्च अदालतले वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति बदर गर्‍यो।

सरकारले ५ सदस्य नियुक्त गरेको निर्णय योग्यता क्रम विपरीत भएको ठहर।

पहिलो नम्बरमा सिफारिस भएका उम्मेदवारले रिट दायर गरेका थिए।

सर्वोच्चले योग्यताक्रमअनुसार पुनः निर्णय गर्न परमादेश दिएको।

सुशासनको सिद्धान्त विपरीत नियुक्ति भएको ठहर।

काठमाण्डौ, ३० जेठ । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति बदर गरेको छ। सरकारले गत वैशाख ३१ गते ५ जना सदस्य नियुक्त गरेको निर्णयविरुद्ध पहिलो नम्बरमा सिफारिस भएका उपेन्द्रबहादुर कार्कीले रिट दायर गरेका थिए।

सोही रिटमाथि हिजो सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगाना र शान्तिसिंह थापाको संयुक्त इजलासले नियुक्ति बदर गर्ने आदेश दिएको हो।

सरकारले डा. दीपकप्रसाद बास्तोला, प्रविन भट्टराई, महेश्वरभक्त श्रेष्ठ, रुपा लामिछाने र लिलाराज ढकाललाई सञ्चालक समितिमा नियुक्त गरेको थियो।

सर्वोच्चले छनोट समितिको सिफारिसअनुसार योग्यताक्रमलाई आधार नबनाई गरिएको नियुक्ति सुशासनको मूल्य र मान्यताको प्रतिकूल भएको ठहर गर्दै पुनः योग्यताक्रमअनुसार आधार र कारणसहित निर्णय गर्न परमादेशसमेत दिएको छ।