भर्खरै : Sorry, your browser does not support inline SVG.
बुढीगण्डकीको बाढीले बस्ती र पुल बगायो, तटीय क्षेत्रमा सतर्कता | भक्तपुरमा नेपाली मौलिक वास्तुकलाको प्रदर्शनी, १८५ सम्पदा पुनर्निर्माण गरिएको जानकारी | मुख्यमन्त्री किरण थापासहित विभिन्न व्यक्तिहरूलाइ क्रियाशील पत्रकार मञ्च, भक्तपुरद्वारा सम्मानपत्र प्रदान | स्वास्थ्य सचिव डा. सुमित्रा गौतमलाई क्रियाशील पत्रकार मञ्च भक्तपुरको सम्मान | नोबेल शान्ति पुरस्कार घोषणापछि आईसीसीमाथि अमेरिकी प्रतिबन्ध | नेपालमा आप्रवासी चराको वासस्थान सङ्कटमा, ४५ प्रतिशतको सङ्ख्या घट्दो | बीपी राजमार्ग दुईतर्फी खुल्यो, लेदो र गेग्रान हटाइएपछि यातायात सहज | राष्ट्रिय परिचयपत्र नभएकै कारण बैंकिङ सेवा रोक्न नपाइने, सर्वोच्चको आदेश |

काठमाण्डौं, ४ साउन । लामो समयदेखि वर्षाविहीन रहेको मधेश प्रदेशमा अन्ततः पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा धनुषाको तुलसी वर्षामापन केन्द्रमा ७५.३ मिलिमिटर वर्षा मापन गरिएको छ।

हिजो बेलुका, राति र आज बिहान मधेश प्रदेशका विभिन्न जिल्लामा हल्कादेखि मध्यम खालको वर्षा भएको छ। मौसमविद् सञ्जिब अधिकारीका अनुसार धनुषा, सप्तरी, सर्लाही, रौतहट, बारा र पर्साका केही क्षेत्रमा वर्षा भएको हो।

सुक्खाग्रस्त मधेश प्रदेशमा परेको यो वर्षाले केही हदसम्म राहत पुर्‍याएको बताइएको छ। तर, मनसुनको समय चलिरहे पनि अपेक्षित मात्रामा वर्षा नभएकोले कृषि तथा जलस्रोतको दीर्घकालीन असर कायमै रहेको मौसमविद्को भनाइ छ।

स्थानीय किसानहरू वर्षाको सुरुआतसँगै खेतबारीमा पानी पुगोस् भन्ने अपेक्षामा रहेका छन्। यद्यपि नियमित र व्यापक वर्षा नभएसम्म सिँचाइमा आशा राख्न कठिन हुने बताइएको छ।