भर्खरै : Sorry, your browser does not support inline SVG.
हिउँदमा लोडसेडिङ हुन नदिन विद्युत् प्राधिकरणको तयारी तीव्र | मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन |

भक्तपुर, भदौ १३ । भक्तपुर प्रहरीले चाँगुनारायण नगरपालिका–८, सुडाल क्षेत्रबाट ४६ बोरा रासायनिक मल बरामद गरेको छ । बरामद मलसँग सम्बन्धित एक सहकारी संस्थाका अध्यक्षसहित तीनजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रमुख जिल्ला अधिकारी नमराज घिमिरेका अनुसार, सुडालस्थित एक निजी घरमा लुकाइराखिएको अवस्थामा मल फेला परेको हो । उनले भने, “ भाद्र १२ गते सुडालको एक घरमा लुकाएर राखिएको ४६ बोरा मल बरामद गरिएको छ । बरामद मल नगरपालिकालाई जिम्मा दिइएको छ ।”

पक्राउ परेका व्यक्तिहरूमा, मल घरमा लुकाएर राख्ने, पुर्‍याउन सहयोग गर्ने र सहकारीका अध्यक्ष रहेको प्रारम्भिक जानकारी आएको छ । तर अनुसन्धान जारी रहेकाले नाम सार्वजनिक गरिएको छैन । प्रहरीले आशंका गरेको छ कि उक्त मल अवैध बिक्रीको लागि भण्डारण गरिएको हुनसक्छ । घटनास्थलमा गरिएको प्रारम्भिक अनुसन्धानले मलको स्रोत, आपूर्ति शृङ्खला र संलग्न व्यक्तिहरूको संलग्नताबारे थप अनुसन्धान सुरु गरिएको जनाएको छ ।

प्रहरीका अनुसार, बरामद मल कृषि सहुलियतको नाममा प्राप्त भए पनि आपूर्तिको नियमनबिना लुकाएर राखिएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीले हालसम्म मलको आपूर्ति र वितरण प्रक्रियाको विवरण संकलन गरिरहेको छ । घटनाबारे थप विवरणहरू अनुसन्धानपछि मात्र सार्वजनिक गरिने जनाइएको छ ।

भक्तपुर, २८ साउन । नेपाल मजदुर किसान पार्टीले रूपन्देही जिल्ला नं. ३ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा उम्मेदवारी नदिने भएको छ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) को अध्यक्षतामा साउन २७ गते बसेको केन्द्रीय सचिवालयको बैठकले आगामी २०८२ कार्तिक १७ गते हुने उपनिर्वाचनमा उम्मेदवारी नदिने निर्णय गरेको हो।

पार्टीका सचिव प्रेम सुवालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, संगठनलाई थप सुदृढ र सक्रिय बनाउन कार्यकर्ता, समर्थक तथा शुभेच्छुकहरूसँग भेटघाट र अन्तरक्रिया जारी राख्ने निर्णय पनि बैठकले गरेको छ।

भक्तपुर । अधिकारको कानुनी मान्यता पाएको २४ वर्ष पुगेको अवसरमा भक्तपुरमा राष्ट्रिय बाल सहभागिता दिवस विशेष कार्यक्रमसहित मनाइयो । मध्यपुरथिमी नगरपालिका–९, राधेराधेमा कन्र्सोटियम नेपालको आयोजना र सिविसको सहयोगमा भएको कार्यक्रममा वागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापासँग बालबालिकाले प्रत्यक्ष सवालजवाफ गर्दै बालअधिकार, स्वास्थ्य र सुरक्षा विषयमा जिज्ञासा राखे ।

वि.स २०५८ साल साउन २५ गते सर्वोच्च अदालतको आदेशपछि बालबालिकालाई संगठित हुन पाउने अधिकारको कानुनी मान्यता दिइएपछि यो दिन राष्ट्रिय बाल सहभागिता दिवसका रूपमा मनाइँदै आएको छ । कार्यक्रममा सिम्रन सापकोटाले मन्त्रीलाई सोधिन् , “बिवाहको उमेर १८ वर्षमा घटाउने भनिएको छ,  के बालबिवाह गर्न मिल्छ ?”  अर्की बालिका पुष्पा आलेमगरले विद्यालय नर्स कार्यक्रमबारे जिज्ञासा राखिन् । त्यस्तै कबिराज थापा,  भूमिका शाही,  रञ्जिता थापा,  सन्जिता थापामगर,  कृष्ण दाहाललगायतले बालअधिकारका विभिन्न विषयमा प्रश्न सोधे ।

जवाफमा मन्त्री थापाले बिवाहको कानुनी उमेर २० वर्षमै कायम रहने र बालबिवाहलाई सरकारले कुनै पनि हालतमा प्रोत्साहन नदिने स्पष्ट पारे । उनले  “एक विद्यालय, एक नर्स”  कार्यक्रमअन्तर्गत हालसम्म ६०% सामुदायिक विद्यालयमा नर्सको व्यवस्था भइसकेको र चालू आर्थिक वर्षमै सबै विद्यालयमा यो सुविधा पुर्याउने लक्ष्य रहेको बताए । उनका अनुसार यस कार्यक्रमले विद्यालयमै बालबालिकाको स्वास्थ्य अधिकार सुनिश्चित हुनेछ र शिक्षा–स्वास्थ्य दुवै क्षेत्रमा सरकारले उच्च प्राथमिकताका साथ काम गरिरहेको छ ।

यस अवसरमा बालबालिकाले तयार पारेको अधिकारसम्बन्धी ज्ञापनपत्र मन्त्रीलाई बुझाएका थिए । कन्र्सोटियम नेपालका महासचिव अनिता पाण्डेले बालबालिकाको आवाज मन्त्री र सांसदसम्म पुर्‍याउने उद्देश्यले यस्ता अन्तरक्रियात्मक कार्यक्रमहरू निरन्तर गर्दै आएको बताइन् ।

मुख्य बुँदा 

भक्तपुरको मनोहरा फाँटमा नयाँ प्रजातिको चरा भेटियो।

‘साइबेरियन स्यान्ड प्लोभर’ नामक चराको पुष्टि ।

असार ६ गते कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेको टोलीले फेला पारेको थियो।

चराको नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ राखिएको छ।

चराको प्रजाति संकटापन्न सूचीमा परेको छ (IUCN Red List)।

नेपालमा चराको प्रजाति संख्या अब ९०२ पुगेको छ।

काठमाण्डौँ, ६ असार । भक्तपुरको मध्यपुर थिमीस्थित मनोहरा फाँटमा नेपालमा अहिलेसम्म अभिलेख नभएको नयाँ प्रजातिको चरा भेटिएको छ। ‘साइबेरियन स्यान्ड प्लोभर’ (Siberian Sand Plover) नामक चरालाई असार ६ गते कुमुद पराजुली, सुप्रदीप्त न्यौपाने र शत्रुहन पाण्डेको टोलीले फेला पारेका थिए।

प्रारम्भिक पहिचानपछि नेपाल पक्षीविद् सङ्घमा तस्वीर र विवरण पठाइएपछि वैज्ञानिक पुष्टि भएको हो। नेपाल पक्षीविद् सङ्घले आज प्रेस विज्ञप्ति जारी गर्दै उक्त चराको पहिचान पुष्टि गर्दै नेपाली नाम ‘साइबेरियाली राजपुत्रिका’ राखिएको जनाएको छ।

यो चराको पाइने क्षेत्र साइबेरिया, मङ्गोलिया, फिनल्यान्ड, जापान, कोरिया, ताइवान, भारत, तिब्बत, भूटान, अफगानिस्तान, मलेशिया लगायतका मुलुकहरू हुन्।

आईयूसीएनको रेड लिस्टअनुसार यो प्रजाति संकटापन्न सूचीमा रहेको छ। यससँगै नेपालमा हालसम्म अभिलेख भएका चराको प्रजाति संख्या ९०२ पुगेको पक्षीविद् सङ्घले जनाएको छ। यस खोजले नेपालको जैविक विविधता अध्ययनमा थप योगदान दिने विश्वास गरिएको छ।

म्याग्दी, ३० असार । म्याग्दीको धवलागिरि गाउँपालिका–७ शिवाङको हम नमुना आवासीय माविका विद्यार्थीहरूले बाँझिएको पाखोबारीमा झाडी फाँडेर तरकारीखेती गरी हराभरा बनाएका छन् । झिनडाँडास्थित छात्रावास भवन परिसरको विद्यालय र व्यक्तिको छ रोपनी पाखोबारीको झाडी फाँडेर खनजोत गरी विद्यार्थीले तरकारीखेती गरेका हुन् ।

तरकारीखेती हुनुअघि उक्त जग्गामा वनमाराको झाडी थियो । विद्यालयका शिक्षक गिरिप्रसाद छन्त्यालले विद्यार्थीहरूलाई तरकारी खेतीसम्बन्धी व्यवहारिक र व्यावसायिक ज्ञान, सीप सिकाउने, छात्रावासमा आवश्यक पर्ने तरकारी आफै उत्पादन गर्ने र फुर्सदको समय सदुपयोगका लागि तरकारीखेती गरिएको जानकारी दिए ।

“धवलागिरिको इच्छा, गरिखाने शिक्षा भन्ने कार्यक्रममार्फत गाउँपालिकाको सहयोगमा छात्रावासमा बस्ने विद्यार्थीहरुले साँझ बिहान श्रमदान गरेर पाखोबारीको झाडी फाँडेर तरकारीखेती गरेका हुन,” उनले भने, “विद्यार्थीले पढ्दै कमाउने सीप सिक्ने, बाँझो जग्गा र फुर्सदको समय सदुपयोग हुने, छात्रावासमा आवश्यक तरकारी किन्नु नपर्ने र खर्च बचत हुने भएकाले यो कार्यक्रम प्रभावकारी भएको छ ।”

बिरुवा उत्पादनका लागि दुई वटा टनेल बनाउनुका साथै पाखोबारीमा सिमी, बोडी, फर्सी, काँक्रो, चरेला, पिँडालु, करेला, फापर, रायोसाग, धनिया, बन्दा, काउलीलगायत प्रजातिका तरकारी लगाएका छन् । करेसाबारीमा लोपोन्मुख तेलहन फिलिङ्गो पनि रोपिएको छ । चार रोपनी जग्गा विद्यालयको हो भने दुई रोपनी वार्षिक रु पाँच हजार तिर्ने गरी भाडामा लिएका छन् ।

विद्यालय समयपछि साँझ एकदेखि दुई घण्टा करेसाबारीमा बिताउँदा विद्यार्थीले जीवनोपयोगी र व्यावसायिक सीप सिक्नुका साथै ‘रिफ्रेस’ महसुस गरेका छन् । गण्डकी प्रदेश सरकार र धवलागिरि गाउँपालिकाको सहयोगमा सञ्चालित छात्रावासमा ५० जना विद्यार्थी रहेका हेम नमुना आवासीय माविका प्रअ शेरबहादुर केसीले बताए ।

छात्राबासका विद्यार्थीका लागि आवश्यक तरकारी करेसाबारीबाट आपूर्ति गर्ने, बढी भएको तरकारी बेच्ने र कुखुरा, बाख्रा र खरायोपालन गर्ने योजना रहेको उनले बताए । करेसाबारी स्थापना गर्न धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक लाख ५० हजार सहयोग गरेको छ ।

गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले विद्यार्थीलाई पढ्दै कमाउँदै गर्ने सीप सिकाउने उद्देश्यले हेम नमुना र मुनाको धवलागिरि माध्यमिक विद्यालयमा “धवलागिरिको इच्छा, गरिखाने शिक्षा” कार्यक्रम सञ्चालन गरेको बताए । गत वर्ष रु तीन लाख बजेट विनियोजन भएको कार्यक्रम प्रभावकारी बनेकाले आगामी वर्षलाई पनि निरन्तरता दिएको उनले जानकारी दिए । रासस

भक्तपुर, ३० असार । केदारनाथको शिरका रूपमा मानिने ऐतिहासिक डोलेश्वर महादेव मन्दिरमा यस वर्षको साउने मेला साउन १ गतेबाट सुरु हुने भएको छ। डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले सोमबार एक सूचना जारी गर्दै मेलाको तयारी तथा कार्यक्रम सार्वजनिक गरेको हो।

साउने महिनाभर डोलेश्वर मन्दिरमा हजारौं श्रद्धालुहरूको भिड लाग्ने भएकाले यस वर्ष व्यवस्थित, सुरक्षित र भक्तजनमैत्री वातावरणमा मेला सञ्चालन गर्ने तयारी गरिएको समितिले जनाएको छ। मेलाको उद्घाटन साउन १ गते बिहान ७ बजे, चन्द्रनिलायक मन्दिरबाट सुरु हुने शोभा यात्रा द्वारा गरिनेछ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले मेलाको उद्घाटन गर्नुहुनेछ।

मेलाको सफल व्यवस्थापनका लागि समितिले टोल विकास संस्था, महिला समूह, सुरक्षा निकाय, स्वास्थ्यकर्मी, स्वयंसेवक लगायत सबैलाई समन्वयमा ल्याएको छ। मेलामा स्वास्थ्य शिविर, शुद्ध खानेपानी, यातायात व्यवस्था, पार्किङ, सहायता कक्ष, सफाइ अभियानलगायतका तयारीहरू गरिएको छ।

कार्यक्रमहरू यसप्रकार छन्: साउन १ गते: शोभा यात्रा र उद्घाटन, साउन ३ र ४ गते: बालकृष्ण अर्चनासहित धार्मिक प्रवचन र सांस्कृतिक कार्यक्रम, साउन ९, १०, १६, २३, ३० गते: धार्मिक प्रवचन, पूजाआजा र भजन किर्तन, भाद्र १ गते: समापन समारोह, नगर प्रमुख बासु देव थापाले गर्ने तयारी रहेकाे केदारनाथकाे शिर डाेलेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले जानकारी दिनुभयाे । 

उहाँले सबै पक्षसँग समन्वय गर्दै श्रद्धालुहरूलाई सहज र भक्ति पूर्ण वातावरणमा पूजा–आराधना गर्न सकिने व्यवस्था मिलाइएको जानकारी बताउनुभयाे ।

वडा नं. ८ का अध्यक्ष पुष्पराज बस्नेतले मेलामा कुनै पनि कमीकमजोरी भएमा सीधै आफूलाई वा नगरपालिकालाई जानकारी दिन अनुरोध गर्दै उहाँले भन्नुभयाे “डोलेश्वर मेला हाम्रो साझा संस्कृति र आस्थाको पर्व हो। व्यवस्थापनमा कुनै समस्या देखिएमा ढुक्क भएर मलाई वा नगरपालिकालाई भन्नुहोस्।”

भक्तपुर,  १७ असार । धेरै वर्षसम्म ‘रिफर सेन्टर’को छवि बनाएको भक्तपुर अस्पताल पछिल्ला वर्षमा आमूल परिवर्तनको चरणमा प्रवेश गरिरहेको छ। गत जेठदेखि सिटी स्क्यान सेवा सुरु गरेको यस प्रादेशिक अस्पतालले अब मिर्गौला पीडितका लागि डायलासिस सेवा सुरु गर्न लागेको छ।

बागमती प्रदेश सरकारको सहकार्यमा पाँच थान डायलासिस मेसिन भक्तपुर अस्पतालमा भित्रिसकेका छन्। अस्पतालका निमित्त निर्देशक डा. सुरेन्द्र भट्टका अनुसार संघीय सरकारको स्वीकृति प्रक्रिया पूरा भएलगत्तै सेवा औपचारिक रूपमा सञ्चालनमा आउनेछ।

“हामीले दैनिक तीन सिफ्ट सञ्चालनको तयारी गरेका छौं। यसले एकैदिनमा ४५ जना मिर्गौला फेल भएका बिरामीलाई सेवा दिन सक्नेछ,” डा. भट्टले जानकारी दिए।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र अस्पतालकै परिसरमा रहे पनि डायलासिस सेवा लिन समय नपाउने बिरामीहरूले निजी क्लिनिकमा महँगो शुल्क तिर्नुपर्ने बाध्यता थियो। निजीमा एकपटकको डायलासिस शुल्क औसत रु २,५०० देखि ५,५०० पर्छ भने महिनाको १०–१२ पटक सेवा लिनुपर्ने हुँदा मासिक ५० हजार रुपैयाँभन्दा बढी खर्च हुने गर्छ।

अस्पतालले प्रविधिमैत्री स्वास्थ्य सेवा विस्तार गर्दै ल्याब रिपोर्टहरू QR कोड स्क्यान गरेर मोबाइलमै हेर्ने सुविधा पनि मंगलबारदेखि सुरु गरेको छ। स्वास्थ्य मन्त्री किरण थापाले भक्तपुर अस्पतालमा प्रविधिमा आधारित स्वास्थ्य सेवा विकास भएकोमा सन्तोष व्यक्त गरेका छन्। स्वास्थ्य मन्त्रालयकी सचिव डा. सुमित्रा गौतमका अनुसार न्यूनतम सेवा मापदण्डमा आधारित मूल्याङ्कन गर्दा भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल घोषित भइसकेको छ। “भक्तपुर अस्पतालको यो प्रगति अन्य अस्पतालका लागि सिकाइको विषय बनेको छ,” गौतमको भनाइ थियो।

भक्तपुर, ३ असार । भक्तपुरको सल्लाघारीस्थित एक क्याफेबाट सशस्त्र प्रहरीले ५.४ किलोग्राम लागू औषध ‘पोल्याण्ड’ (एक प्रकारको चरेश) सहित तीन युवालाई पक्राउ गरेको छ । सशस्त्र इन्क्टेलिजेन्स ब्युरोको विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २२ गण मुख्यालय गृहेश्वरी मातहतको औद्योगिक सुरक्षा बेस, ब्यासी भक्तपुरबाट खटिएको टोलीले प्रकाउ गरेकाे हाे ।

भक्तपुर नगरपालिका–१, मुपुच्व गणेश मन्दिर नजिकको क्याफेमा लागू औषधको कारोबार भइरहेको भन्ने सूचना प्राप्त भएपछि सशस्त्र प्रहरीको सात सदस्यीय टोली खटिएको थियो । प्रहरीले उनीहरूलाई रंगेहात पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरूमा धादिङको गल्छी गाउँपालिका–५ निवासी २० वर्षीय सुमन तामाङ, २३ वर्षीय सुरवीर तामाङ र २३ वर्षीय कमल तामाङ छन् । उनीहरू सवारीसाधन र लागू औषधसहित पक्राउ परेका हुन् ।

बरामद सामग्रीहरू:

पक्राउ परेका तीनै जनालाई बरामद सामग्रीसहित थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भक्तपुरमा बुझाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।