भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ। अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव देखिएकाले मौसममा उतारचढाव भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशका पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो देशभर सामान्यतया बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा र कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना छ।

राति पनि देशभर सामान्यतया बदली रहने पूर्वानुमान छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा अन्य भूभागका एक-दुई स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

काठमाडौं, १ भद्र । देशका विभिन्न स्थानमा आज भारी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । धेरै स्थानमा मध्यम वर्षा हुने देखिएको छ ।

विभागका अनुसार दिउँसो देशभर सामान्यतया बदली रहनेछ । वाग्मती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । कोसी, वाग्मती र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी प्रदेशका तराईका एक-दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी विभागले दिएको छ ।

राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भूभागमा सामान्य बदली रहनेछ भने बाँकी भूभागमा आंशिक बदली मात्र रहने विभागले जनाएको छ । मधेस प्रदेशसँगै कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने देखिन्छ ।

मधेस, कोसी र वाग्मतीका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागको अनुमान छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमा रहेको र अरब सागर तथा बंगालको खाडीबाट जलवाष्पयुक्त हावा नेपालमा प्रवेश गरिरहेको कारण वर्षा भइरहेको विभागले जनाएको छ ।

काठमाण्डौ, १८ भाद्र । देशभर आज साधारणतया बदली मौसम रहँदैछ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी केही ठाउँ र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

आज राति भने कोशी प्रदेशको तराई क्षेत्र र बागमती प्रदेशको पहाडी एक/दुई स्थानमा ठूलो (भारी) वर्षा पर्न सक्ने पूर्वानुमान गरिएको छ। बिहानै काठमाण्डौ उपत्यकासहित देशका धेरै भागमा घाम लागे पनि दिउँसो र बेलुकी वर्षा बढ्न सक्ने देखिन्छ।

गएराति देशका कतिपय स्थानमा ठूलो वर्षा भएको छैन। पछिल्ला ६ घण्टामा भने सिन्धुपाल्चोकसहित केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। सिन्धुपाल्चोकको चन्द्रकु जलमापन केन्द्रमा १५.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ, जुन सबैभन्दा बढी हो।

महाशाखाका अनुसार वर्षा मापनका आधार:

१० मिलिमिटरभन्दा कम – हल्का वर्षा, १०–५० मिलिमिटर – मध्यम वर्षा,५०–१०० मिलिमिटर – ठूलो (भारी) वर्षा मानिन्छ।

काठमाडौँ, १२ भाद्र । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेकाले आज देशका विभिन्न स्थानमा वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बिहानैदेखि कोशी, मधेश र बागमती प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ। बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। यी प्रदेशका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी लुम्बिनी प्रदेशको तराई, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले चेतावनी दिएको छ।

यस्तै, राति देशभर सामान्यतया बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग र कोशी तथा लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्हरूले वर्षाका कारण भौतिक संरचना, कृषि, यातायात र जनजीवनमा असर पर्न सक्ने भन्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेका छन्।

काठमाडौँ, ३  भाद्र ।  न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको आंशिक प्रभावले कोशी, मधेश, बागमती र कर्णाली प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा मध्यम वर्षा तथा कर्णाली र मधेश प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड र तराईका केही तथा मधेश प्रदेशको तराईको एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। साथै, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

राति कोशी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशको पहाडी तथा तराई भूभागलगायत बाँकी प्रदेशको पहाडी भूभागका थोरै र बाँकी तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कोशी प्रदेशको तराई भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। महाशाखाले कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

काठमाडौं, २ भदौ । हाल नेपालमा मनसुन प्रणाली सामान्यभन्दा केही कमजोर अवस्थामा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ सरेको कारणले वर्षा सक्रियता कम भएको हो ।

यद्यपि, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिनेस्थिति जारी रहेकाले देशभर आंशिकदेखि सामान्य बदली हुने मौसमविद्‌हरूको अनुमान छ । आज कोशी, बागमती, मधेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागहरूमा केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ । साथै, बाँकी तराई क्षेत्रका थोरै ठाउँमा पनि वर्षा हुन सक्ने देखिएको छ ।

मौसम विभागका अनुसार लुम्बिनी प्रदेशको तराई क्षेत्र र बागमती प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ । यात्रा वा बाहिरी काममा निस्कँदा आवश्यक सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् ।

काठमाडौं, १ भदौ । मौसम पूर्वानुमान महाशाखाले आज देशभर माैसम सामान्य बदली रहने जनाएको छ । बागमती र कोशी प्रदेशका केहि पहाडी भू-भागमा भने दिउँसो भारी वर्षा हुने सम्भावना छ ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ सरेकाले नेपालको मनसुन केही कमजोर बनेको हो । तर बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने जारी नै छ । आज मधेश, कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । अन्य प्रदेशका कतिपय स्थानमा पनि आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ ।

राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य भू–भागमा आंशिक बदली मात्र रहने विभागको अनुमान छ ।

काठमाडौँ, १४ साउन । देशभर मनसुनी वायु सक्रिय भइरहेका बेला बाढी पूर्वानुमान महाशाखाले ३३ जिल्लामा बाढीको मध्यम जोखिम रहेको जनाएको छ ।

रसुवाको भोटेकोशीमा गए राति आएको ठूलो बाढीपछिको अवस्थालाई मध्यनजर गर्दै रसुवा, नुवाकोट र धादिङमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

आज बाढीको मध्यम जोखिममा पर्ने जिल्लाहरूमा रसुवा, नुवाकोट, धादिङ, सङ्खुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, रुकुम पश्चिम, बझाङ, अछाम, डोटी, डोल्पा, मुगु, हुम्ला, ताप्लेजुङ, पाँचथर, ओखलढुङ्गा, काठमाण्डौ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, गोरखा, लमजुङ, कास्की, बाग्लुङ, म्याग्दी, पर्वत, रुकुम पूर्व, जाजरकोट, दैलेख र सुर्खेत रहेका छन् ।

महाशाखाले ती जिल्लाहरू तथा आसपास भएर बहने खोला र नदी किनारमा सतर्कता अपनाउन आह्वान गरेको छ । यसैबीच मौसमविद् प्रतिभा मानन्धरका अनुसार गण्डकी प्रदेशको एक/दुई स्थानमा आज राति भारी वर्षा हुने सम्भावना छ । त्यहाँ आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

त्यस्तै, आज दिउँसो देशका पहाडी क्षेत्रका थोरै स्थान र तराईका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जनाइएको छ । सुक्खाग्रस्त मधेश प्रदेशमा पनि केही स्थानमा सामान्य वर्षा हुन सक्ने भए पनि ठूलो वर्षाको सम्भावना भने नरहेको महाशाखाले स्पष्ट पारेको छ ।