भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

काठमाडौँ, २४ असाेज । सरकारले त्रिभुवन विश्वविद्यालयको जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले नेपाल सरकारलाई पेश गरेको प्रतिवेदन सार्वजनिक गर्ने भएको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले मन्त्रालयमा भएको छलफलपछि उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय भएको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन्।

त्यस्तै, नेपालमा रहेका क्यान्सर अस्पतालहरूमा बिरामीको उपचारका लागि प्रयोग हुने रेडियोधर्मी औषधिहरूको उत्पादन नेपालमै गर्न आणविक अनुसन्धान केन्द्र औषधि उपचारका लागि मात्र खोल्ने निर्णय पनि सरकारले गरेको छ।

साथै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (CTEVT) को पुनर्संरचना गरी सक्षम जनशक्ति उत्पादन गर्न सक्ने संस्थाको रूपमा रूपान्तरण गर्न कार्यदल तुरुन्त गठन गर्ने निर्णय पनि भएको उनले बताएका छन्।

त्यसैगरी, नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (NAST) मा वैज्ञानिक अनुसन्धान र नवप्रवर्तनलाई उपलब्धिमूलक बनाउन, प्रतिभाशाली नेपालीहरूलाई आकर्षित गर्न र संस्थालाई प्रभावकारी बनाउने उद्देश्यले सुधार र पुनर्संरचनाका लागि कार्यदल गठन गर्ने निर्णय गरिएको छ।

यसैगरी, संस्कृत विश्वविद्यालय मा रिक्त रहेको सेवा आयोगका पदाधिकारीहरूलाई नियमानुसार छिट्टै नियुक्त गर्ने निर्णय पनि भएको मन्त्री पुनले बताएका छन्।