भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

एजेन्सी, पुष १२ । चीनले इन्टरनेट सेवाका लागि प्रयोग हुने उपग्रहहरूको एक समूह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार ‘लङ मार्च–८ ए’ नामक रकेट दक्षिणी टापु प्रान्त हाइनानस्थित व्यावसायिक अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट हिजो बिहान ७ बजेर २६ मिनेटमा प्रक्षेपण गरिएको हो।

उक्त रकेटले न्यून पृथ्वी कक्षमा इन्टरनेट उपग्रहहरूको १७औँ समूहलाई निर्धारित कक्षमा सफलतापूर्वक स्थापना गरेको जनाएको छ।‘लङ मार्च–८ ए’ चीनले विकास गरेको आधुनिक रकेट हो, जसको मुख्य उद्देश्य इन्टरनेट, सञ्चार तथा प्रविधिसम्बन्धी उपग्रहहरूलाई अन्तरिक्षमा पठाउनु हो। यो लङ मार्च रकेट शृङ्खलाको उन्नत संस्करण मानिन्छ।

उच्च सटीकता, विश्वसनीयता तथा व्यावसायिक र सरकारी प्रयोजनका लागि उपयुक्त क्षमताका कारण ‘लङ मार्च–८ ए’ चीनको अन्तरिक्ष कार्यक्रमको महत्त्वपूर्ण हिस्सा बनेको छ।

यो प्रक्षेपणसँगै चीनको अन्तरिक्षमा आधारित इन्टरनेट सञ्जाल विस्तारमा महत्त्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। चीनले विश्वव्यापी इन्टरनेट सेवा विस्तार गर्ने लक्ष्यसहित उपग्रह प्रक्षेपणलाई तीव्रता दिँदै आएको छ।

मास्को । अमेरिकी–रूसी तीन सदस्यीय टोलीले बिहीबार रूसी अन्तरिक्षयानबाट प्रक्षेपण भई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा आठ महिनाको अभियान सुरु गरेको छ ।

रूसी सोयुज प्रक्षेपण यान बिहान २:२७ बजे (बाइकोनुर, काजाकिस्तान) बाट प्रक्षेपण गरिएको थियो । यस अन्तरिक्षयानमा अमेरिकी अन्तरिक्ष यात्री क्रिस विलियम्स र रूसी सहकर्मीहरू सर्जेई मिकाएभ र सर्जेई कुद–स्भेर्चकोभ रहेका थिए । सो यान बिहान ५ः३४ बजे अन्तरिक्ष स्टेशनमा जोडिएको थियो ।

तीनै जना करिब आठ महिनासम्म यस कक्षीय स्टेशनमा बस्ने अपेक्षा गरिएको छ । अमेरिकी अन्तरिक्ष यात्री विलियम्स र मिकाएभका लागि यो पहिलो अन्तरिक्ष यात्रा हो, भने कुद–स्भेर्चकोभका लागि यो दोस्रो यात्रा हो ।

अन्तरिक्ष स्टेशनमा हाल अमेरिकी अन्तरिक्ष यात्री माइक फिन्क, जेना कार्डम्यान र जोनी किम, जापानी अन्तरिक्ष यात्री किमिया युइ र रूसी अन्तरिक्ष यात्री सर्जेई रिजिकोभ, अलेक्सी जुब्रित्स्की र ओलेग प्लेटोनभ पनि छन् ।

विलियम्सले वैज्ञानिक अनुसन्धान र प्रविधि प्रदर्शन गर्नेछन्, जसले मानव अन्तरिक्ष अन्वेषणमा योगदान पुर्‍याउने र पृथ्वीमा जीवनलाई फाइदा पुर्‍याउने अपेक्षा गरिएको छ ।

रूसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा टोली स्वस्थ रहेको जनाएको छ । तर प्रक्षेपणपछि बाइकोनुरमा गरिएको नियमित निरीक्षणमा प्रक्षेपण स्थलका केही भागहरूमा क्षति पाइएको छ ।

रोस्कोस्मोसले भनेको छ, “क्षतिको मूल्याङ्कन भइरहेको छ, आवश्यक सबै प्रतिस्थापन सामग्री उपलब्ध छन् र चाँडै मर्मत गरिनेछ ।” रासस/एपी