भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

काठमाडौँ, ११ असाेज । काठमाडौं उपत्यकाबाट दशैँका लागि घर फर्किने यात्रुको संख्या बढेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ५६ हजार यात्रु उपत्यका छाडेका छन्।

राजमार्गमा रहेको अवरोध हटेपछि यात्रा केही सहज बनेको छ। उपत्यका ट्राफिक प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार असोज १ गतेयता चार लाख १० हजार ९९४ जनाले उपत्यका छाडेका छन्। यस अवधिमा ६५ हजार ३९९ सवारी साधन बाहिरिएका छन्। त्यसैगरी, तीन लाख ६ हजार ९३७ सवारी र तीन लाख ६०२ जना उपत्यका भित्रिएका छन्।

हाल काठमाडौं उपत्यकासँग जोडिएका सबै सडकमा सवारीसाधनको चाप बढेको छ। उपत्यकाको कलंकी, बल्खु, जडीबुटी, जगाती, चाबहिल, नयाँ बसपार्क, बालाजु, माछापोखरीलगायत स्थानमा घर फर्किने यात्रुको बाक्लो उपस्थिति देखिएको छ। ट्राफिक प्रहरीले बसपार्कसहितका क्षेत्रमा सहायता कक्ष राखेको छ।

विमानस्थलमा पनि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै टर्मिनलमा घर फर्कने यात्रुहरुको घुइँचो देखिएको छ। ट्राफिक प्रहरीले यात्रुहरुलाई सुरक्षीत र सहज रूपमा गन्तव्यसम्म पुग्न सहयोग गरिरहेको छ।दशैँको समयमा उपत्यका छाड्ने यात्रुको संख्या १५ लाखभन्दा बढी हुने अनुमान गरिएको छ।