भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

मुख्य बुँदा

चैते धान उत्पादन चालु आव २०८१/८२ मा ७,०५३ मेट्रिक टन पुगेको।

प्रतिहेक्टर उत्पादन ६.३ मेट्रिक टन पुगेको – विगतको तुलनामा वृद्धि।

खेती क्षेत्रफल २०८१/८२ मा १,१२० हेक्टरमा चैते धान खेती।

उत्पादन वृद्धिका कारणहरू:

सिँचाइको सुविधा, मल, बीउको उपलब्धता, रोग/कीराको न्यूनता, अनुकूल मौसम, सरकारी अनुदान

बर्खे धान रोपाइँ ८०.२% सकिएको, कुल अनुमानित क्षेत्रफल १८,७२० हेक्टर।

नवलपुर, ७ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व० मा चैते धानको उत्पादनमा वृद्धि भएको छ। नवलपुरमा चैते धानको उत्पादकत्व बढेर आर्थिक वर्ष २०८१ र८२ मा प्रतिहेक्टर ६.३मेट्रिक टन पुगेको छ।

आर्थिक वर्ष २०८०र८१ मा जिल्लामा चैते धानको उत्पादकत्व प्रतिहेक्टर ५।९ मेट्रिक टन रहेकामा आव २०७९र८० मा प्रतिहेक्टर छ मेट्रिक टन रहेको थियो। कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं कृषि प्रसार अधिकृत विश्वास काफ्लेले जिल्लामा चैते धानको उत्पादकत्वसँगै उत्पादनमा वृद्धि भएको जानकारी दिए। जिल्लामा पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा चैते धानको उत्पादनमा वृद्धि देखिएको उनको भनाइ छ।

आव २०७९र८० मा ६ हजार १२३ मेट्रिक टन धान उत्पादन भएकामा २०८०र८१ मा ६ हजार २४४ मेट्रिक टन तथा आव २०८१र८२ मा सात हजार ५३ मेट्रिक टन धान उत्पादन भएको काफ्लेले जानकारी दिए। काफ्लेका अनुसार चैते धानखेतीतर्फ किसानको आकर्षण बढेको छ।

पर्याप्त सिँचाइ, अनुदानको व्यवस्था, उत्पादकत्वमा वृद्धि, रोग कीराको प्रकोप न्यून, अनुकूल मौसम, मलबीउको न्यून अभावलगायत कारण किसान चैते धानतर्फ आकर्षित भएका सूचना अधिकारी काफ्लेले बताए। जिल्लामा आव २०७९ र ८० मा एक हजार १० हेक्टर, आव २०८० र ८१ मा एक हजार ५३ हेक्टर तथा आव २०८१र८२ मा एक हजार एक सय २० हेक्टरमा चैते धानको खेती गरिएको थियो ।

यसैबीच, जिल्लामा बर्खे धान रोपाइँ हुने कुल क्षेत्रफलमध्ये साउन ६ गतेसम्म १५ हजार १३ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको काफ्लेले जानकारी दिए। जिल्लामा यो वर्ष १८ हजार ७२० हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान गरिएको छ। नवलपुरमा धान रोपाइँ हुने क्षेत्रफलको करिब ८०.२ भागमा रोपाइँ सकिएको जानकारी दिए।

नेपालमा मनसुन चाँडो भित्रिएको भनिए पनि यहाँ नियमित वर्षा हुन नसक्दा धान रोपाइँ ढिलाइ भएको उनको भनाइ छ । नियमित वर्षा भएको अवस्थामा साउन २० गतेसम्म जिल्लामा रोपाइँ सकिने काफ्ले बताए। रासस