भर्खरै : Sorry, your browser does not support inline SVG.
सुनसरी घटनापछि सीडीओसहित सुरक्षा प्रमुख हेरफेर, गृह मन्त्रालयको कदम | बचत फिर्ताको माग गर्दै माइतीघरमा सहकारी पीडितको प्रदर्शन | दूध नपाउँदा चितवन मिल्क उद्योग ठप्प, भारततर्फ दूध निर्यात बढेपछि कच्चा पदार्थको संकट | युरोपमा डढेलोको कहर : फ्रान्स–स्पेनमा आपत्कालीन अवस्था, लाखौँ प्रभावित | पाँच प्रदेशमा एमाले–नेकपाबीच नेतृत्व बाँडफाँट, मधेश र गण्डकीमा अन्य दलसँग परामर्श | विद्युत् बिलमा भ्याट विवाद : प्राधिकरणले आन्तरिक राजश्व विभागसँग माग्यो स्पष्ट राय | शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामापछि भारतमा पाँच सातादेखिको विद्यार्थी आन्दोलन स्थगित | बागमती, गण्डकी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना |

एजेन्सी, २३ पुष । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलामा कच्चा तेल उत्पादन पुनः शुरू गर्ने विषयमा यसै हप्ताभित्र अमेरिकी तेल कम्पनीहरूसँग छलफल गर्ने तयारी गरेको छ। भेनेजुएलामा ठूलो मात्रामा रहेको तेल भण्डारलाई पुनः प्रयोगमा ल्याउने उद्देश्यले यो पहल अघि बढाइएको हो।

अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सत्ताच्युत गरेपछि एक्सन मोबिल, शेवरन र कोनोकोफिलिप्सजस्ता ठूला अमेरिकी तेल कम्पनीहरूलाई पुनः भेनेजुएलामा फर्काउने प्रयास गरेको हो। झण्डै दुई दशकअघि भेनेजुएला सरकारले अमेरिकी तेल कम्पनीका सञ्चालनहरू राष्ट्रियकरण गर्दै आफ्नै नियन्त्रणमा लिएको थियो। ट्रम्प प्रशासन अब ती सञ्चालनहरू पुनः अमेरिकी कम्पनीहरूको हातमा सुम्पन चाहन्छ।

यद्यपि तेल कम्पनीका अधिकारीहरूले भेनेजुएलाको तेल पूर्वाधार अत्यन्त जीर्ण अवस्थामा पुगेको भन्दै त्यसलाई सुधार गर्न अर्बौं डलरको लगानी र धेरै वर्षको निरन्तर मेहनत आवश्यक पर्ने संकेत गरेका छन्। रोयर्टसका अनुसार हालको अवस्थाले तत्काल ठूलो मात्रामा उत्पादन शुरू गर्न चुनौतीपूर्ण देखिएको छ।

भेनेजुएलासँग विश्वकै ठूलो तेल भण्डारमध्ये एक रहेको छ। त्यहाँ उत्पादन हुने कच्चा तेल विशेष गरी अमेरिकी रिफाइनरीहरूका लागि अत्यन्त उपयोगी मानिन्छ। यही कारण अमेरिकाले भेनेजुएलाको तेल क्षेत्रलाई पुनः सक्रिय बनाउने रणनीति अघि बढाएको विश्लेषकहरूको भनाइ छ।