भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

काठमाडौँ, २० मंसिर । सुदूरपश्चिम राेयल्सलाई हराउँदै विराटनगर किङ्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ।

सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ५ विकेट गुमाएर ११ ओभर ५ बलमा पूरा गर्दै जीत हासिल गरेको हो।

यस जितसँगै विराटनगरले नेट रनरेटमा काठमाडौँ गोर्खाजलाई पछि पार्दै शीर्ष–२ मा स्थान बनाएर क्वालिफायरमा पुगेको छ। विराटनगरका खेलाडीहरूले निम्न योगदान दिए: साम हिजलेट: ५१ रन, फाफ डु प्लेसिस: ५० रन, मार्टिन गप्टिल: २२ रन र सुदूरपश्चिमका अविनाश बोहराले २ विकेट लिएका थिए।

यो एनपीएलमा सुदूरपश्चिमको पहिलो हार हो। अब पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहेको सुदूरपश्चिम र दोस्रो स्थानमा रहेको विराटनगरबीच पुनः प्रतिस्पर्धा हुनेछ।

त्यस्तै, इलिमिनेटर खेलमा तेस्रो स्थानको काठमाडौँ र चौथो स्थानको लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ। पहिलो क्वालिफायरमा विजयी हुने टोली सीधै फाइनलमा पुग्नेछ भने हार्ने टोली दोस्रो क्वालिफायरमा इलिमिनेटर विजेतासँग खेल्नेछ।

एनपीएलमा आजको दोस्रो खेलमा दिउँसो ४ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच खेल हुनेछ। लिग चरणको अन्तिम खेलमा भोलि दिउँसो साढे ३ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिस्पर्धा गर्नेछन्।

एनपीएलको दोस्रो संस्करण गत मंसिर १ देखि सुरु भएको हो। प्रतियोगितामा ८ वटा टोली सहभागी छन्। फाइनल खेल यही मंसिर २७ गते आयोजना हुने तय छ।