भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

काठमाडौं, ७ साउन । पोखराको फेवातालमा डुङ्गा सयर गर्ने पर्यटकको सुरक्षा सुनिश्चित गर्न प्रहरीले डुङ्गा चालकमाथि जाँडरक्सी तथा लागुऔषध सेवनसम्बन्धी विशेष जाँच अभियान सुरु गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम तथा सामुदायिक प्रहरी सेवा केन्द्र जिल्ला समन्वय समिति कास्कीको संयुक्त आयोजनामा फेवातालका विभिन्न घाटमा डुङ्गा चालकहरूको स्वास्थ्य परीक्षण गरिएको हो ।

पोखरा महानगरपालिका–६ स्थित बाराहीघाट क्षेत्रमा सञ्चालन गरिएको अभियानअन्तर्गत ३२ जना डुङ्गा चालकको परीक्षण गरिएको थियो । परीक्षणका क्रममा तीन जना चालकले गाँजा सेवन गरेको पुष्टि भएपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक (डीएसपी) नमराज भट्टराईका अनुसार पक्राउ परेका चालकमाथि आवश्यक अनुसन्धान तथा प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइएको छ ।

डीएसपी भट्टराईले पर्यटक तथा सर्वसाधारणको सुरक्षा नेपाल प्रहरीको प्राथमिकतामा रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता निगरानी तथा जाँच अभियानलाई निरन्तरता दिइने जानकारी दिनुभयो ।

फेवातालका आठ वटा घाटबाट फेवा डुङ्गा व्यवसायी समितिसँग आबद्ध ७०० भन्दा बढी डुङ्गा सञ्चालनमा छन् । बेला–बेलामा हुने मानवीय लापरबाही तथा अन्य कारणले तालमा दुर्घटना हुने गरेकाले निगरानीलाई थप प्रभावकारी बनाइएको प्रहरीले जनाएको छ ।

यसैबीच, फेवा डुङ्गा व्यवसायी सङ्गठनका अध्यक्ष बलराम गिरीले प्रहरीको अभियानको स्वागत गर्दै यसलाई सकारात्मक कदम भएको बताउनुभयो । उहाँले लागुऔषध सेवन गरेर डुङ्गा चलाउनु यात्रुको सुरक्षाका लागि अत्यन्त जोखिमपूर्ण हुने र यसले पर्यटन क्षेत्रमा समेत नकारात्मक प्रभाव पार्न सक्ने उल्लेख गर्नुभयो ।

मुख्य बुँदा

पोखराको फेवातालमा कायकिङ गर्दा युवती हावाहुरीका कारण अलपत्र परिन्।

सशस्त्र प्रहरीको उद्धार टोलीले सकुशल उद्धार गर्यो।

उद्धार गरिएकी युवती काठमाडौंको नारायणटारकी २३ वर्षीया रितिका फुयाल।

घटनापछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको जानकारी।

पोखरा, २०असार । पोखराको फेवातालमा कायकिङ गर्ने क्रममा अचानक आएको हावाहुरीका कारण तालको बीचभागमा अलपत्र परेकी एक युवतीको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

उद्धार गरिएकी युवती काठमाडौंको नारायणटार स्थायी घर भएकी २३ वर्षीया रितिका फुयाल हुन्। उनी शनिबार फेवातालमा कायकिङ गरिरहेकी बेला अचानक मौसम बिग्रिएपछि तीव्र हावाहुरी चल्दा तालको बीचभागमा फसेकी थिइन्।

घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेक्वा कालिका, कास्कीबाट उद्धार टोली परिचालन गरिएको थियो। प्रहरी टोलीले सुरक्षित रूपमा फुयालको उद्धार गरी किनारमा ल्याएको जनाएको छ।

सशस्त्र प्रहरीका अनुसार उद्धारपछि उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ। समयमै उद्धार गरिएकाले कुनै मानवीय क्षति हुन नपाएको प्रहरीले जनाएको छ।

मनसुनको समयमा फेवाताललगायत जलाशयमा जलक्रीडा गर्दा मौसमको अवस्थाबारे जानकारी लिएर मात्र गतिविधि गर्न र प्रतिकूल मौसम देखिएमा तत्काल सुरक्षित स्थानमा फर्किन सम्बन्धित निकायले आग्रह गरेका छन्।

पोखरा, १० असार । कास्कीको पोखरा महानगरपालिका–६ स्थित फेवातालमा डुबेर एक १९ वर्षीय युवकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका–१५ रामबजार बस्ने अमर थापा मंगलबार फेवातालमा पौडी खेल्ने क्रममा डुबेका थिए। घटनापछि तत्काल उद्धार प्रयास सुरु गरिएको थियो।

उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण हेडक्वार्टर कालिका पोखराको गोताखोरसहितको विपद् व्यवस्थापन टोली तथा अन्य सुरक्षा निकायका जनशक्ति परिचालन गरिएको थियो।

मंगलबार राति करिब ८ बजेदेखि खोजी कार्य सुरु गरिएको भए पनि थापा करिब डेढ घण्टापछि फेला परेका थिए। उनलाई उद्धारपछि अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। सुरक्षा निकायले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

मुख्य बुँदा 
चितवनमा मह उत्पादन १६.६६ प्रतिशतले घट्यो

बेमौसमी वर्षाले तोरी र चिउरी खेती प्रभावित

यस वर्ष ४५० मेट्रिक टन मात्र मह उत्पादन

मौरीघार बढे पनि उत्पादनमा कमी

जिल्लामा ४५० व्यावसायिक मौरीपालक किसान सक्रिय

चितवन, ७ जेठ । जिल्लामा यस वर्ष मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष १६ दशमलव ६६ प्रतिशतले मह उत्पादनमा कमी आएको हो ।

मौरीपालन विकास केन्द्र भण्डाराका प्रमुख सुजन अंगाईका अनुसार यस वर्ष ४५० मेट्रिक टन मह उत्पादन भएको छ । गत वर्ष ५४० मेट्रिक टन मह उत्पादन भएको थियो । जिल्लामा १७ हजार ५०० घार मेलीफेरा मौरी पालिँदै आइएको छ । यस वर्ष बेमौसमी वर्षाका कारण मह उत्पादनमा कमी आएको हो ।

उनले भने, “बेमौसमी वर्षाका कारण तोरी र चिउरीमा उत्पादन कमी भएको छ ।” तोरीमा एक पटकमा तीन चोटीसम्म मह काट्ने किसानले यस पटक बढीमा दई पटक मह काटेको उनले बताए । यस्तै चिउरीमा पाँच पटकसम्म मह काटिन्थ्यो भने यस पटक तीन पटक मात्र काटेका छन् । अहिले घारको सङ्ख्या बढे पनि उत्पादनमा कमी आएको उनले जानकारी दिए ।

गत वर्षमा मौरीपालक किसानमध्ये ७० प्रतिशतले छ पटकसम्म मह काट्ने गरेको भए पनि बेमौसमी वर्षातका कारण अहिले ३० प्रतिशत किसानले मात्र छ पटक मह निकालेका छन् । जिल्लामा ४५० जना व्यावसायिक मौरीपालक किसान रहेका छन् ।

जिल्लामा विशेष गरी चिउरी र तोरीको मह ८० प्रतिशत उत्पादन हुँदै आएको छ । बीस प्रतिशत मह रुदिलो, फापर, पड्के, लिचीलगायतबाट उत्पादन हुने गरेको उनले जानकारी दिए। रासस

पोखरा, ७ जेठ । पोखराको प्रसिद्ध पर्यटकीय स्थल फेवाताल मा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको उद्धारपछि मृत्यु भएको छ।

कास्कीको पोखरा महानगरपालिका–११ काहुँखोला बस्ने अन्दाजी २७ वर्षीय युवक फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनाको जानकारी प्राप्त हुनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ गण कालिका कास्कीबाट सशस्त्र प्रहरी सहायक निरीक्षक अमृत क्षेत्रीको कमाण्डमा १३ जनाको टोली परिचालन गरिएको थियो। टोलीमा विशेषज्ञ गोताखोर तथा उद्धारकर्मीहरू समेत सहभागी थिए।

गोताखोर टोलीले राति ३:३५ बजे ती युवकलाई फेवातालबाट अचेत अवस्थामा उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पठाएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए।