भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

बर्दिया । बर्दियाको सदरमुकाम गुलरिया स्थित टागा स्टेशनबाट तीन बालिकालाई भारत लैजान लागिएको अवस्थामा ६ जना भारतीय नागरिक पक्राउ परेका छन् ।

प्रहरीले शंकास्पद गतिविधि देखेपछि उक्त समूहलाई नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । प्रारम्भिक अनुसन्धानका क्रममा बालिकाहरूलाई भारत लैजान खोजिएको खुल्न आएको प्रहरीले जनाएको छ ।

मानवतस्करीको आशंकामा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ । उद्धार गरिएका तीनै बालिकालाई सुरक्षित स्थानमा राखिएको छ भने आवश्यक परामर्श तथा संरक्षणको व्यवस्था गरिएको प्रहरीले जानकारी दिएको छ ।

सीमा क्षेत्रमा भारतबाट सक्रिय मानव तस्कर समूहको संलग्नता हुन सक्ने संकेत देखिएकाले प्रहरीले उच्च सतर्कता अपनाउन सरोकारवालालाई आग्रह गरेको छ । खुला सीमा नाकाको दुरुपयोग गरी बालबालिका तथा महिलालाई प्रलोभनमा पारेर भारत लैजाने जोखिम बढ्दै गएको भन्दै स्थानीय प्रशासन , प्रहरी र सीमा सुरक्षाकर्मीलाई अझ प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

प्रहरीले मानव तस्करीविरुद्ध समुदायस्तरमै सचेतना अभिवृद्धि गर्न समेत आह्वान गरेको छ ।

मुख्य बुँदा 

अवकाशपछि मौरीपालनमा लागेका घनश्याम खत्री

२५ घारबाट सुरु, हाल १११ घार मौरी

वार्षिक करिब २० लाख रुपैयाँ आम्दानी

तोरी र जङ्गली महको राम्रो बजार

स्थानीयलाई रोजगारी सिर्जना

२५० घार पुर्‍याउने दीर्घकालीन लक्ष्य

बाँके, ३ पुस । धेरैले अवकाशपछिको जीवन अनुत्पादक क्षेत्र वा आराम गर्ने नाममा त्यत्तिकै बिताउँछन् । बर्दिया बढैयाताल गाउँपालिका–६ मैनापोखरका ४२ वर्षीय घनश्याम खत्रीले भने अवकाशपछि झन् जाँगर चलाइरहनुभएको छ ।

उहाँले नेपाली सेनाको जागिरबाट अवकाश भएपछि पेन्सनबाट आएको केही रकममै चित्त बुझाउनुभएको छैन, बरु समयलाई उत्पादक काममा लगाउनुभएको छ । त्यसबापत उहाँले राम्रो आम्दानीसमेत गरिरहनुभएको छ । खत्री चार वर्षदेखि मौरीपालनमा रमाइरहनुभएको छ ।

२५ घारबाट शुरू गरिएको उहाँको व्यावसायिक यात्राले अहिले उहाँलाई अवकाशप्राप्त सेना होइन, एउटा सफल व्यवसायीको पहिचान दिएको छ । पहिचान मात्रै होइन, त्यससँग वार्षिक करिब २० लाख रुपैयाँ आम्दानीसँगै आत्मनिर्भरसमेत बनाएको छ ।

बागेश्वरी मौरी फार्म दर्ता गरेर व्यावसायिक रूपमा अघि बढेका खत्रीसँग अहिले एक सय ११ घार मौरी छन् र व्यवसायमा श्रीमती मेनका डाँगी खत्रीको बलियो साथ छ । यो दम्पतीलाई यतिबेला कार्तिके मह काड्ने र बिक्री गर्ने चटारो छ । यसबाट वार्षिक करिब ५० क्विन्टल मह उत्पादन हुने गरेको खत्रीले सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘बजारको चिन्ता छैन, उत्पादन भएको मह घरबाटै बिक्री हुन्छ । तोरीको कार्तिके मह प्रतिकिलो रु। ५०० र जङ्गली मह रु। ७५० मा थोक मूल्यमा बिक्री गरिरहेका छौँ ।’ यसरी आम्दानी गर्न उहाँको सङ्घर्ष पनि कम छैन ।

उहाँले मौषमअनुसार मौरीका घारहरू असारदेखि मङ्सिरसम्म दाङका विभिन्न क्षेत्रमा, मङ्सिरपछि बर्दिया (बढैयाताल र राजापुर क्षेत्र) र अत्यधिक चिसोमा हुस्सुबाट जोगाउन फेरि दाङमा लैजाने गर्नुभएको छ ।

जङ्गली महका लागि सिसौको रसका लागि बढैयातालको भदै क्षेत्र र जामुनका लागि बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा मौरीलाई चरन गर्ने गरेको खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘मौरीपालन देख्दा सजिलो लागे पनि यो उत्तिकै चुनौतीपूर्ण छ ।

मह काड्नु मात्र ठूलो कुरा होइन, वर्षायाममा मौरीलाई आहाराको अभाव हुन नदिनु र शत्रु जीवबाट जोगाउन धेरै चुनौती छन् । एक सय घार मौरी राम्ररी पाल्न सके मासिक रु।एक लाखसम्म सजिलै कमाउन सकिन्छ ।’

यस व्यवसायले खत्री परिवारलाई मात्र आर्थिक लाभ दिएको छैन, स्थानीयलाई रोजगारीसमेत सिर्जना गरिरहेको छ । मह काड्ने बेला ११ जना र ढुवानीका बेला चार जनाले काम पाउने गरेका छन् । उहाँले यस व्यवसायलाई थप व्यवस्थित गर्दै आम्दानीसँगै रोजगारीसमेत बढाउने योजना रहेको उहाँले सुनाउनुभयो ।

खत्रीले आत्मविश्वासका साथ भन्नुभयो, ‘मेरो व्यवसायबाट आफ्नो परिवार मात्रै होइन, स्थानीयले पनि केही न केही लाभ पाइरहेको छन् । त्यसैले यसलाई थप व्यवस्थित र विस्तार गर्ने मेरो योजना छ । अहिले दुई सय ५० घार पुर्याउने लक्ष्यका साथ घारहरूको व्यवस्थापन गरिसकेको छु ।’ रासस

काठमाडौँ, २० साउन । पछिल्लो ६ घण्टामा भएको लगातारको वर्षाले दाङ, बाँके र बर्दियामा डुबानको उच्च जोखिम देखिएको जल तथा मौसम विभागले जनाएको छ।

दाङको तुलसीपुर, अम्बापुर, जलकुण्डी, बाँकेको पश्चिम राप्ती र सिक्टा तथा बर्दियाको मानपुर आसपासमा अत्यधिक वर्षा मापन गरिएको छ। ती क्षेत्र हुँदै बहने बबई नदी, पश्चिम राप्ती नदी, डुडुवा खोला तथा अन्य साना खोलामा आकस्मिक बाढीको खतरा बढेको जनाइएको छ।

खासगरी होचो भूभागमा डुबानको जोखिम रहेकाले स्थानीयवासीलाई सुरक्षित स्थानमा सर्न विभागले अनुरोध गरेको छ। दिउँसो लुम्बिनी, सुदूरपश्चिम, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।