भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

काठमाडौँ, २० साउन । भारतको बिहार राज्यस्थित सितामढीबाट मल खरिद गरेर फर्किने क्रममा पक्राउ परेका सर्लाहीका दुई नेपाली किसान भारतीय प्रहरीको हिरासतबाट रिहा भएका छन्।

सर्लाहीको बलरा नगरपालिका–५ का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंहलाई एक महिनाअघि मल खरिद गरी नेपाल फर्किने क्रममा भारतीय प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको थियो।

सुरेशप्रसाद सिंहका छोरा अविनाश सिंहका अनुसार भारतीय अदालतले दुवै जनालाई जमानतमा रिहा गर्न आदेश दिएको छ। उनका अनुसार अदालतबाट रिहाइको आदेश यसअघि नै हुने अपेक्षा गरिए पनि सम्बन्धित न्यायाधीश बिदामा रहेकाले प्रक्रिया ढिलो भएको थियो।

अदालतले जमानतमा रिहा गर्न आदेश दिए पनि भारतीय कानुनी प्रक्रियाअनुसार स्थानीय एक जना भारतीय नागरिक साक्षी बसेपछि मात्रै उनीहरूलाई औपचारिक रूपमा घर फर्किन अनुमति दिइनेछ। आवश्यक प्रक्रिया पूरा भएपछि उनीहरू बिहीबार नेपाल फर्किने अपेक्षा गरिएको छ।