भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

एजेन्सी, मुम्बई । फिल्म ‘धुरन्धर’ मा अभिनय गरेर चर्चामा आएका अभिनेता नदीम खानलाई आफ्नै घरेलु कामदारमाथि जबर्जस्ती करणी गरेको आरोपमा मुम्बई प्रहरीले पक्राउ गरेको छ। ४१ वर्षीया महिलाले दिएको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको हो।

पीडित महिलाका अनुसार नदीम खानले विवाह गर्ने झुटो आश्वासन दिँदै वर्षौँसम्म शारीरिक शोषण गरेका थिए। लामो समयसम्म सम्बन्ध राखेपछि पनि विवाह गर्न अस्वीकार गरेपछि उनी न्यायको खोजीमा प्रहरीकहाँ पुगेकी हुन्।

प्रहरीमा दर्ता उजुरीअनुसार ती महिला करिब १० वर्षअघि अभिनेता नदीम खानको घरमा घरेलु कामदारका रूपमा काम गर्न थालेकी थिइन्। सन् २०१५ देखि उनीहरूबीच निकटता बढेको र नदीमले विवाह गर्ने वाचा गर्दै शारीरिक सम्बन्ध राखेको आरोप लगाइएको छ।

विवाहको वाचा पूरा नभएपछि पीडित महिलाले सुरुमा भर्सोवा प्रहरीमा उजुरी दिएकी थिइन्। सो उजुरी पछि मालवणी प्रहरीकहाँ सारिएको हो। मालवणी प्रहरीले महिलाको बयानका आधारमा मुद्दा दर्ता गरी घटनाको गहिरो अनुसन्धान सुरु गरेको जनाएको छ।

सहयोगी भूमिकामा परिचित नदीम खानले टिभी, फिल्म तथा ओटीटी प्लेटफर्ममा लामो समयदेखि काम गर्दै आएका छन्। उनले अमिताभ बच्चन, असरानी, आदिल हुसेन र सञ्जय मिश्रा जस्ता दिग्गज कलाकारहरूसँग पर्दा साझा गरिसकेका छन्।

रङ्गमञ्चबाट अभिनय यात्रा सुरु गरेका उनले मिमी, वध, धडक तथा वेब सिरिज मुखबिर जस्ता चर्चित प्रोजेक्टमा अभिनय गरेका छन्। हालै आदित्य धरको निर्देशनमा बनेको फिल्म धुरन्धर मा रहमान डकैतको भान्से ‘अखलाक’को भूमिकामा देखिएका थिए। उनको नयाँ फिल्म ‘वध २’ आगामी फेब्रुअरी ६ मा प्रदर्शन हुने तयारीमा छ।