भर्खरै : Sorry, your browser does not support inline SVG.
अमेरिकालाई साथ दिने देशलाई इरानको कडा चेतावनी ‘शत्रु मानिनेछ’ | बागमतीमा होटल व्यवसायीको नयाँ पहल, पर्यटन मेला र १३ जिल्लामा संघ विस्तारको निर्णय | तारकेश्वरको जरङ्खुमा डोजरले जमिन काटेपछि पहिरो, ५० घर जोखिममा! | शिक्षा विधेयकमा सातै प्रदेशका सुझाव समेटिँदै, मन्त्रालयले थाल्यो समीक्षा | चितवन र मकवानपुरका मौरीघारमा विनाशकारी ‘सानो खपटे कीरा’ को सङ्क्रमण | सरकारसँग १४ बुँदे सहमतिपछि लघुवित्त पीडितको आन्दोलन स्थगित | गएराति विभिन्न ठाउँमा वर्षा, आज पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना | गरिमा चौधरी हत्या प्रकरणमा सरकार झुक्यो, ३ बुँदे सहमति; कठोर सजायका लागि नयाँ कानुन बन्दै |

मुख्य बुँदा

खाना वितरण रोकिएको भन्दै खरिपाटी होल्डिङ सेन्टरमा विरोध।

सुकुमवासीका अनुसार सोमबार साँझदेखि खाना उपलब्ध भएन।

९९ परिवारका २०७ जना होल्डिङ सेन्टरमा बस्दै आएका छन्।

विरोधपछि सुरक्षाकर्मी परिचालन।

बिरामी, ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित भएको गुनासो।

काठमाडौं, २३ असार। सरकारले खाना उपलब्ध नगराएको भन्दै भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा राखिएका सुकुमवासीहरूले विरोध प्रदर्शन गरेका छन्।

होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासीका अनुसार सोमबार साँझदेखि खाना वितरण रोकिएपछि उनीहरू रातभर भोकै बस्न बाध्य भएका हुन्। समस्या समाधान नभएपछि मंगलबार बिहानदेखि उनीहरूले विरोध सुरु गरेका छन्।

होल्डिङ सेन्टरमा रहेका एक सुकुमवासीले सोमबार साँझदेखि खाना नपाएको र रातभर भोकै बस्नुपरेको बताए। संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङले पनि सोमबार बिहानसम्म खाना पाए पनि त्यसपछि वितरण रोकिएको जानकारी दिए।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले असार २४ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको छ। सुकुमवासीहरूले सरकारले आफूहरूलाई होल्डिङ सेन्टरमा बस्न दिएको अवधिभर आधारभूत आवश्यकता पूरा गर्न नसकेको गुनासो गरेका छन्।

उनीहरूका अनुसार खाना अभावका कारण विशेषगरी बिरामी, ज्येष्ठ नागरिक र बालबालिका बढी प्रभावित भएका छन्। नियमित औषधि सेवन गर्नुपर्ने बिरामीले समेत खाना नपाउँदा औषधि खान नसकेको उनीहरूको भनाइ छ।

सरकारले गत वैशाखमा बागमती र मनोहरा नदी किनारका बस्ती हटाएर प्रभावित परिवारलाई विभिन्न होल्डिङ सेन्टरमा राखेको थियो। खरिपाटीस्थित होल्डिङ सेन्टरमा हाल ९९ परिवारका २०७ जना बसोबास गरिरहेका छन्।

विरोध प्रदर्शन सुरु भएपछि सम्भावित सुरक्षा अवस्थालाई ध्यानमा राख्दै प्रशासनले होल्डिङ सेन्टर क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरेको छ।

काठमाण्डौ, १ असार । रौतहटको गौर र भारतको बिहारमा रहेको बैरगनिया सीमा क्षेत्रमा भारतीय पक्षले मर्मतका नाममा एकतर्फी रूपमा बाँधलाई अग्लो र बलियो बनाएको भन्दै स्थानीयबासिन्दाले आपत्ति जनाएका छन् ।

यसले वर्षायाममा गौरसहित आसपासका नेपाली बस्तीहरू डुबानमा पर्ने जोखिम बढाएको उनीहरूको भनाइ छ । स्थानीयवासीका अनुसार सीमा क्षेत्रको दशगजा वा नजिक कुनै पनि भौतिक संरचना दुवै देशको सहमतिबिना निर्माण वा विस्तार गर्न नपाइने भए पनि भारतले मर्मतको बहानामा बाँध उचाल्दै आएको छ ।

बाँध उचालिँदा लालबकैया र बागमती नदीको पानी निकास नपाई ‘ब्याक’ भएर नेपाली बस्तीमा पस्ने गरेको स्थानीयको भनाइ छ । भारतले आफ्नो क्षेत्रलाई डुबानबाट जोगाउन एकतर्फी रूपमा बाँध निर्माण र विस्तार गरे पनि त्यसको प्रत्यक्ष असर नेपाली बस्तीमा परिरहेको छ ।

स्थानीयका अनुसार सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बल ९एसएसबी०ले निगरानी बढाएको छ र सुलीसगेट खोल्ने विषयलाई लिएर वर्षेनी तनावको स्थिति सिर्जना हुने गरेको छ ।

यसैबीच रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले भारतीय समकक्षीसँग बाँध मर्मत कार्यबारे ध्यानाकर्षण गराएको बताउनु भएको छ । भारतीय पक्षले भने केन्द्रीय सरकारको निर्देशनअनुसार मर्मत कार्य भइरहेको जानकारी दिएको उहाँले बताउनुभयो । रासस

काठमाडौँ, १० जेठ । रौतहट र सिन्धुलीको सीमाक्षेत्रस्थित बागमती नदी किनारमा दुई युवाको शव फेला परेको छ। मृत्यु हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–९ बस्तीपुरका १८ वर्षीय रोहित महतो र लालबन्दी–६ ढुकढुकी एफएम टोलका २० वर्षीय गणेश महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जेठ ९ गते घरबाट घुम्न निस्किएका उनीहरू बागमती नदी तर्ने क्रममा बेपत्ता भएका थिए। पछि नदी किनारमा उनीहरूको शव फेला परेको हो।

डीएसपी सरोज राईका अनुसार प्रारम्भिक अनुसन्धानबाट नदी तर्ने क्रममा डुबेर मृत्यु भएको खुलेको छ। उनीहरूसँगै गएका अन्य तीन जना भने सकुशल घर फर्किएका छन्।

घटनापछि इलाका प्रहरी कार्यालय हरिवन र कर्मैयाबाट खटिएको प्रहरी टोलीले शव नदीबाट बाहिर निकालेर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा पठाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौँ, २० वैशाख । सरकारले बागमती नदी तथा यसका सहायक नदी किनारका जोखिमपूर्ण सार्वजनिक र सरकारी जग्गा खाली गराउने अभियानलाई तीव्र बनाएको छ । अभियानअन्तर्गत हालसम्म १ हजार ८ सय १६ परिवार सम्पर्कमा आएका छन् ।

सरकारले सार्वजनिक गरेको विवरणअनुसार ती परिवारका कुल ७ हजार ७ सय ८९ जना सरकारको सम्पर्कमा पुगेका छन् । तीमध्ये ७ सय ९४ जनालाई व्यवस्थित होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएको छ भने अन्य व्यक्तिहरू स्क्रिनिङ प्रक्रियापछि तत्कालका लागि आफ्नै व्यवस्थामा बसोबास गर्न बाहिरिएका छन् ।

दशरथ रंगशालास्थित स्क्रिनिङ सेन्टरमा पुगेका कतिपयले वैकल्पिक आवास आफैं मिलाउने प्रतिबद्धता जनाउँदै फर्किएको जनाइएको छ । सरकारले जोखिमयुक्त क्षेत्रबाट नागरिकलाई सुरक्षित स्थानमा सार्ने लक्ष्यसहित स्क्रिनिङ र स्थानान्तरण प्रक्रिया अघि बढाएको हो ।

जोखिमपूर्ण बस्ती व्यवस्थापनका लागि कीर्तिपुरस्थित राधास्वामी सत्संघ भवन, नयाँ बसपार्क र माछापोखरी क्षेत्रका होटल, भक्तपुरस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्र तथा बोडेस्थित कृषि तालिम केन्द्रमा होल्डिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । सरकारले अव्यवस्थित बस्तीलाई सुरक्षित र व्यवस्थित स्थानमा स्थानान्तरण गर्ने उद्देश्यले अभियान जारी राखेको जनाएको छ ।

 

काठमाडौँ, ११ असार । देशका प्रमुख नदीहरूको बहाव हाल सामान्य अवस्थामा रहेको जल तथा मौसम विभागअन्तर्गत बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

बुधबार बिहानको मापनअनुसार कोशी, कर्णाली, नारायणी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलप्रवाह सतर्कता तहभन्दा तल रहेको र कुनै पनि नदीमा ठूलो बाढीको सम्भावना हाल नभएको महाशाखाले जानकारी दिएको हो।

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव देखिएको छ। त्यसको प्रभावस्वरूप आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ।

विभागले हालकाे अवस्थालाई निरन्तर अनुगमन गरिरहेको छ र आवश्यकता परे थप जानकारी सार्वजनिक गरिने जनाएको छ।

रौतहट , ३१ जेठ । नेपाल–भारत सीमा संयुक्त समन्वय समितिको नियमित बैठक शुक्रबार साँझ सर्लाहीको हरिवनमा सम्पन्न भएको छ। बैठकमा सीमाक्षेत्रमा हुने आपराधिक क्रियाकलाप, लागुऔषध, अवैध हातहतियार कारोबार, तथा मदिराजन्य पदार्थको तस्करी नियन्त्रणमा शून्य सहनशीलता अपनाउने सहमति गरिएको छ।

बैठक सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तुलसी बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो। बैठकमा सहभागी रौतहटका सीडीओ विनोद कुमार खडकाका अनुसार, एक देशमा अपराध गरी अर्को देशमा लुकेका अपराधीमाथि सूचनाको आदानप्रदान र प्रत्यक्ष सहयोग गर्दै नियन्त्रण गरिने निर्णय गरिएको छ।

साथै, विदेशी घुसपैठ नियन्त्रण, दशगजा र सीमाक्षेत्रको सुरक्षा निगरानीमा कडाइ गरिने विषयमा विशेष जोड दिइएको छ। बैठकमा वर्षायाममा रौतहटस्थित बागमती र लालबकैया नदीमा जलस्तर बढ्ने बेला गौर क्षेत्र डुबानमा पर्ने खतरा रोक्न भारतको बैरगनिया साईफन (ढोका) खोल्न सहमति भएको पनि जानकारी दिइएको छ।

दुईपक्षीय बैठकमा सर्लाही, महोत्तरी, रौतहट र भारतको बिहार अन्तर्गत सितामढी जिल्लाका सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ।