भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

उदयपुर, २० साउन । निरन्तरको वर्षाका कारण सप्तकोशीमा पानीको बहाव बढ्दै गएपछि उदयपुरको बेलका क्षेत्र डुबानको उच्च जोखिममा छ ।

वडा नम्बर २, ३, ६ ८ र ९ का गाउँघर सप्तकोशीको बाढी तथा डुबानको जोखिममा परेका नगरपालिकाकी उपमेयर जिरा राईले बताउनुभयो । नदीको बहाव बढ्दै गएपछि गाउँ कटानको जोखिम हुनसक्ने भन्दै उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलसहित सुरक्षाकर्मीको टोलीले स्थलगत अवलोकन गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी लुइँटेलका अनुसार बेलकाको सप्तकोशीको कटानयुक्त क्षेत्रको अवलोकन र स्थलगत भ्रमण गरेर जानकारी लिइएको बताउनुभयो । अवलोकन गरी स्थानीयवासीलाई सतर्क रहन तथा सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी अवस्थामा बस्न आग्रह गर्नुभयो ।

बेलका नगरपालिकाको कोठु, डुम्रीबोट, सिसौलीलगायत क्षेत्रमा पानीको बहाव कोशी किनार नाघेर बाहिर आउन थालेकाले स्थानीयवासीलाई सतर्क रहेर बस्न भनिएको जिल्ला प्रशासन कार्यालय उदयपुरले बताएको छ । रासस