भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

मुख्य बुँदाहरू:

रामेछाप, ३२ असार। मन्थली नगरपालिका वडा नं–८ चिसापानीका किसानले बाँदरको समस्या समाधानका लागि व्यावसायिक रूपमा बेसार खेती सुरु गरेका छन् । बारीमा लगाएको मकैमा बाँदरले आक्रमण गरेपछि उनीहरुले त्यसको विकल्पमा बेसार खेती सुरु गरेका हुन् ।

बेसार बिक्रीबाट राम्रै आम्दानी हुन थालेपछि किसानहरू त्यसतर्फ आकर्षित भएका हुन् । हाल स्थानीय बजारमा बेसार प्रतिकिलो रु ३०० सम्म बिक्री हुने गरेको छ ।

नगदे बालीका रूपमा लिइने बेसार खेतीबाट राम्रो आम्दानी हुने गरेको किसान श्रीप्रसाद घिमिरे बताउँछन् । “बाँदरकै कारण गाउँ रित्तिन थालेको छ, धेरै मानिसहरू बसाइ सरिसकेका छन्, मैले विकल्पमा १० रोपनीमा बेसार खेती गरेको छु”, उनले भने । आफूहरूले अभियानकै रूपमा बेसार खेती गरेको र थप जमिनमा रोप्ने तयारी पनि गरिरहेको उनको भनाइ छ ।

बसाइँ सरेपछि यहाँका बाँझा बारीमा पछिल्लो समय बेसार खेती हुन थालेको उनको भनाइ छ । बाँदरबाट जोगाउनका लागि धेरै किसानले बेसारसँगै अम्रिसोको खेती पनि गरिरहेका छन् । रासस