सिराहामा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा चेकजाँच गर्दा युवक पक्राउ परेका हुन् ।
मोटरसाइकलको भाइजरभित्र लुकाइएको अवस्थामा ६ ग्राम १३० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–७ का २६ वर्षीय राकेश यादव रहेका छन् ।
प्रहरीले मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।
जनकपुरधाम, १४ भदौ । सिराहामा ब्राउन सुगरसहित एक युवक पक्राउ परेका छन् । प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई लागुऔषधसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार विशेष सूचनाका आधारमा शनिबार राति चेकजाँच गर्ने क्रममा सिराहा नगरपालिका–१५ स्थित बुधौराबाट युवक पक्राउ परेका हुन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश ०२–००१ प ००७० नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा गोलबजार नगरपालिका–७ का २६ वर्षीय राकेश यादव पक्राउ परेका हुन् ।
सिराहा प्रहरी प्रवक्ता रमेशबहादुर पालका अनुसार मोटरसाइकलको भाइजरभित्र कालो प्लास्टिकमा लुकाएर राखिएको अवस्थामा ६ ग्राम १३० मिलिग्राम ब्राउन सुगर फेला परेको थियो ।
प्रहरीले यादवलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सिराहा ल्याएको जनाएको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
झापा, २५ असार । लागुऔषध ब्राउन सुगर बोकिरहेका दुई जनालाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ। झापाको भद्रपुर नगरपालिका–७ स्थित क्षेत्रबाट मंगलबार साँझ पक्राउ गरिएका अभियुक्तहरू भारत र नेपालका नागरिक हुन्।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार जिल्ला प्रहरी कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले शङ्का लागेर उनीहरूलाई जाँच गर्न खोज्दा उनीहरूले प्रहरीमाथि हातपात गर्दै भाग्ने प्रयास गरेका थिए।
त्यसक्रममा प्रहरीले ६ राउण्ड गोली चलाएको थियो। गोली लागेर घाइते भएका एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचारपछि हिरासतमा राखिएको छ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत किशनगञ्ज जिल्ला निवासी ३५ वर्षीय मनिसुर आलम र झापा कचनकवल गाउँपालिका–५ का ५५ वर्षीय नसरुद्दिन मियाँ रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट २०५ ग्राम ८० मिलीग्राम ब्राउन सुगर बरामद गरिएको छ। प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।