भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

भक्तपुर, ३१ साउन । जय भिमसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आ.व. २०८१/८२ को वार्षिक समीक्षा कार्यक्रम शनिबार सम्पन्न भएको छ । भक्तपुरको गोलमढीस्थित किवाननी रेष्टुरेन्टमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष श्री दश बहादुर मानन्धरको सभापतित्व रहेको थियो ।

कार्यक्रममा अध्यक्ष मानन्धरले पछिल्लो समय सहकारी क्षेत्रमा देखिएको अस्वस्थ प्रतिस्पर्धाका कारण संस्थाको नाफामा केही असर परेको स्वीकार गरे । तथापि, आगामी वर्षका लागि नयाँ योजनाहरू ल्याई सञ्चालन समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी तथा शेयर सदस्यहरूको सहकार्यमा सहकारीलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।

पूर्वअध्यक्ष तथा शिक्षा उपसमितिका संयोजक श्री रत्नबहादुर शिल्पकारले सबै सदस्य एकजुट भएर संस्था अघि बढाउनुपर्नेमा जोड दिँदै स्वागत मन्तव्य राखे । कोषाध्यक्ष श्री बिकुनारायण कवांले आर्थिक प्रतिवेदन प्रस्तुत गरे भने सचिव श्री सुरज कवांले वार्षिक प्रतिवेदन र आगामी वर्षको कार्यक्रम सार्वजनिक गरे ।

लेखा सुपरिवेक्षण समितिका संयोजक श्री बुद्धराम शिल्पकारले राम्रा र सुरक्षित ऋण लगानीमार्फत मात्र मुनाफा सुनिश्चित गर्न सकिने बताए । निवर्तमान अध्यक्ष श्री रामकाजी शिल्पकारले सामूहिक लगानीबाट जोखिम न्यूनीकरण हुने भएकाले संस्थाले सामूहिक लगानीमा जोड दिनुपर्ने बताए । सल्लाहकार श्री पुरुषोत्तम ग्वाच्छाले फरक व्यवसाय तथा पेशा भएका सदस्यहरूको सहभागिताले संस्था समृद्ध हुन सक्ने विचार राखे। गहन अध्ययनपछि मात्र लगानी गर्नुपर्नेमा पनि उनले जोड दिए ।

संस्थाका सदस्य श्री दिनेश सुवालले हाल देशभर सहकारीहरू निक्षेप फिर्ता गर्न नसकी सञ्चालक फरार हुने अवस्थाका बीच जय भिमसेन सहकारीमा सदस्यहरूको विश्वास कायम रहेको उल्लेख गर्दै तरलता व्यवस्थापनमा नयाँ कदम चाल्नुपर्नेमा जोड दिए ।