भर्खरै : Sorry, your browser does not support inline SVG.
मौसममा फेरि बदली : कोशी, बागमती र गण्डकीमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह | गुटेरेसको चेतावनी : जलवायु संकटको मार नेपालजस्ता कमजोर देशमा, धनी राष्ट्रले न्याय दिनैपर्छ | पोखरामा चाडपर्व लक्षित सुपथ मूल्य पसल, चिनी प्रतिकेजी १०० रुपैयाँमा | नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी |

मुख्य बुँदाहरू :

२०२५ साउन २ र २०२६ असार १९ को भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण

सहकारीकर्मीलाई समाजवादी मूल्य र अर्थशास्त्रमा गहिरो ज्ञानको आवश्यकता

सहकारीले रोजगारीमूलक तालिममार्फत जनताको सेवामा समर्पित हुनुपर्नेमा जोड

भ्रष्टाचारविरोधी आन्दोलनको निरन्तरता आवश्यक

भक्तपुरमा किसान आन्दोलन र सहकारी भूमिकाको चर्चा

सहकारीलाई वित्तीय संस्थामा रूपान्तरण गर्न नहुने

सहकारी अनुगमन र विकृति नियन्त्रणमा समितिको प्राथमिकता

भक्तपुर, २ साउन । नेपाल मजदुर किसान पार्टीका सचिव तथा संघीय सांसद प्रेम सुवालले देशमा सन्तुलित विकास नहुँदा भ्रष्टाचार मौलाएको उल्लेख गर्दै सहकारी सञ्चालक तथा कर्मचारीहरुलाई अर्थशास्त्रको राम्रो ज्ञान आवश्यक रहेको बताउनुभएकाे छ । सहकारी संस्थाको विगत र वर्तमान अवस्थाबारे सहकारी पदाधिकारीहरुको भेलामा उहाँले उक्त कुरा बताउनुभएकाे हाे । 

कार्यक्रममा २०२५ साउन २ र २०२६ असार १९ मा भएको ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरण गरिएको थियो त्यस आन्दोलनको सन्देश आज पनि सान्दर्भिक रहेको रहेकाे उहाँकाे भनाइ छ । उहाँले सहकारी संस्थाले बैंकजस्तो व्यवहार गर्नुहुँदैन भन्दै सीपमूलक तथा रोजगारीमूलक तालिम सञ्चालन गरी इमानदारीपूर्वक सेवा गर्न आग्रह गर्नुभयो ।

उद्योगधन्दा कौडीको मूल्यमा बेच्ने सरकारी नीति गलत भएको बताउँदै, देश आत्मनिर्भर बनाउन स्वदेशमै उद्योग स्थापना गर्नुपर्नेमा सुवालले जाेड दिनुभयाे । 

भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले सहकारी सिद्धान्त अनुसार काम गरी सहकारीले गरिब जनताको जीवनस्तर उकास्न योगदान गर्नुपर्ने बताउँनुभयाे । उहाँले ऐतिहासिक किसान आन्दोलनको जगबाट भक्तपुरमा विकास कार्य अघि बढाइएको स्मरण गराउनुभयाे ।

सहकारी संस्थामा भएका विकृति नियन्त्रणमा सहकारी समितिले नियमनमा प्राथमिकता दिएको वडा नं २ का वडाध्यक्ष हरिप्रसाद बासुकलले जानकारी दिनुभयाे । 

कार्यक्रममा किसान आन्दोलन, भर्पाई आन्दोलन र भ्रष्टाचारविरोधी संघर्षको ऐतिहासिक चर्चा गर्दै सहभागीहरूले सहकारीलाई पुनः जनमुखी बनाउन सुझाव दिएका थिए ।