भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

काठमाडौँ, २४ मंसिर । नयाँ भन्सार ऐन २०८२ का प्रावधान अपर्याप्त र अन्यायपूर्ण रहेको आरोप लगाउँदै भन्सार एजेन्टहरूले जारी गरेको पेनडाउन आन्दोलन आज पनि यथावत् छ।

हिजो सरोकारवालाबीच भएको वार्ता सकारात्मक मोड लिन नसकेपछि आज पनि देशभरका भन्सार कार्यालयमा काम ठप्प रहेको छ, जसका कारण राजस्व संकलनमा ठूलो असर परेको छ।

सरकारले हिजो भन्सार एजेन्ट महासंघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्तामा बस्न आग्रह गरे पनि महासंघले माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट गरेको छ। आज पनि सरकार र महासंघबीच सहमति खोज्ने प्रयास जारी छ।

महासंघका केन्द्रीय सदस्य उमेश घिमिरेका अनुसार गएको मंसिर २१ गतेदेखि लागू भएको भन्सार ऐनका विभिन्न प्रावधानले भन्सार एजेन्टको पेशागत अधिकार, अन्तर्राष्ट्रिय व्यापार र वैध व्यवसायलाई प्रभावित पार्ने भन्दै आन्दोलन गरिएको हो।

महासंघले ऐनका अन्यायपूर्ण धाराहरू संशोधन गर्न माग गर्दै आएको छ। पेनडाउन आन्दोलन गएको आइतबार वीरगञ्ज भन्सारबाट सुरु भएको थियो।

दोस्रो दिन सोमबार भैरहवा भन्सार पूर्णरूपमा ठप्प रह्यो भने तेस्रो दिन हिजो पनि देशभरका सबै भन्सार कार्यालयका सेवाहरू अवरुद्ध भएका थिए।