भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

मेघालय, भारत । भारतको मेघालय राज्यस्थित अवैध कोइलाखानीमा भएको विष्फोटमा परेर खोटाङका तीन जना युवकको ज्यान गएको छ । पूर्वी जयन्तीया हिल्स जिल्लाको खानीमा माघ २२ गते भएको दुर्घटनामा एक जना बेपत्ता भएका छन् भने अन्य तीन जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बरापोखरी गाउँपालिका–१ का २७ वर्षीय पूर्णिराम खपाङ्गी मगर, २४ वर्षीय सुरेन्द्र खपाङ्गी मगर र ३५ वर्षीय नरबहादुर खपाङ्गी मगर रहेका छन् । पूर्णिराम र सुरेन्द्र दाजुभाइ हुन्  । विष्फोटका क्रममा हलेसी तुवाचुङ नगरपालिका–५ का ५० वर्षीय रत्न राई बेपत्ता भएका छन् । खानीभित्रै विस्फोट भएकाले उनको जलेर मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ । उनको नागरिकता र मोबाइल भने बस्ने कोठामै फेला परेको जनाइएको छ ।

घटनामा बरापोखरी गाउँपालिका–१ का कर्णबहादुर खपाङ्गी मगर, बमबहादुर खपाङ्गी मगर तथा उदयपुरका ललित लुङ्गेली मगर गम्भीर घाइते भएका छन् । उनीहरूको मेघालयस्थित स्थानीय अस्पतालमा उपचार भइरहेको छ । साथीहरूले दिएको जानकारीअनुसार विष्फोटपछि उद्धार गरिएका शवहरू आगोले जलेर चिन्नै नसकिने अवस्थामा रहेका छन् ।

रोजगारीका लागि भारत पुगेका युवाहरूको अकाल मृत्यु भएपछि खोटाङका सम्बन्धित गाउँ शोकमा डुबेका छन् । मृतकका आफन्तहरू शव लिन मेघालय पुगे पनि कानुनी प्रक्रिया र आर्थिक अभावका कारण शव नेपाल ल्याउन कठिनाइ भएको छ । घाइतेहरूको उपचार तथा मृतकका शव स्वदेश ल्याउन स्थानीय तहमा सहयोग सङ्कलन अभियानसमेत सुरु गरिएको छ ।